बल्ल आयो क्रिकेटहरुको २ वर्षको तलब, कुन खेलाडीले कति पाए

Nepal cricket team
  • विकेटनेपाल, २६ माघ

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको २ वर्ष अघि देखिको तलब अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एक मुस्ट रुपमा पठाएको छ।

राष्ट्रिय खेलकुद परिषदको खातामा आईसीसीले एकमुस्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ राष्ट्रिय खेलकुद परिषदको खातामा जम्मा गरेको हो।

नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि खेलाडीहरुलाई आईसीसीले २०१७ जुलाईमा पछिल्लो पटक तलब दिएको थियो। त्यसबेला राष्ट्रिय टिमका २३ जना खेलाडीले तलब पाएका थिए। त्यस बेला ‘ए’ श्रेणीका खेलाडीहरुको तलब रु. ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुको तलब रु. २५,००० रहेको थियो भने ‘सी’ श्रेणीको खेलाडीहरुको तलब रु. १० हजार थियो।

आईसीसीले सोहि वर्गीकरण अनुसार त्यतिबेला २०१५ डिसेम्बर देखि २०१६ डिसेम्बरसम्म १ वर्षको तलब उपलब्ध गराएको थियो। त्यस पछि २०१८ डिसेम्बरसम्मको तलब आईसीसीले दिएको हो। २०१९ मा नेपाली टिमको लागि डेब्यु गरेका खेलाडीहरुले भने अहिले तलब पाउने छैनन्।

राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तानको परामर्शमा खेलाडीहरुलाई पुनः ३ वटा श्रेणीमा वर्गीकरण गरिएको र ३ वटै विधामा ७/७ गरि २१ खेलाडीहरुलाई समाबेश गरिएको छ।

‘ए’ श्रेणीको खेलाडीहरुले मासिक ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुले मासिक २५ हजार र ‘सी’ श्रेणीका खेलाडीहरुले मासिक १५ हजारको दरले तलब पाएका हुन्।

कुन खेलाडीले कति पाए तलब 

ए श्रेणी ( मासिक रु. ३५ हजार ) – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि ( पाउने कुल रकम – ८ लाख ४० हजार )

बि श्रेणी ( मासिक रु. २५ हजार ) – आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन ( पाउने कुल रकम – ६ लाख )

सी श्रेणी ( मासिक रु. १५ हजार ) – सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, किशोर महतो र बिनोद भण्डारी ( पाउने कुल रकम – ३ लाख ६० हजार )

नेपाल क्रिकेट संघले सन् २०१५ मा खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरी पहिलो पटक राष्ट्रिय खेलाडीहरुलाई तलब दिने घोषणा गरेको थियो।

Paras Khadka , Shakti Gauchan

२०१५ डिसेम्बर देखि १७ डिसेम्बरसम्म राष्ट्रिय टिमको अन्तिम-११ मा नियमित स्थान बनाउने खेलाडीहरुलाई ए वर्गीकरण गरिएको छ। सिनियर राष्ट्रिय टिममा स्थान नबनाए पनि तलब पाउने एक मात्र क्रिकेटर किशोर महतो हुन्। राष्ट्रिय टिमबाट सन्यास लिएका शक्ति गौचनले पनि तलब पाएका छन् जसलाई ‘बि’ श्रेणीमा राखिएको छ। गौचन राष्ट्रिय टिममा स्थान बनाए पनि पछिल्लो २ वर्ष अन्तिम-११ मा स्थान बनाउन संघर्ष गर्दै आएका थिए।  राष्ट्रिय टिममा अनियमित बनेका सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारि र बिनोद भण्डारी जस्ता क्रिकेटरहरु सी श्रेणीमा रहेका छन्।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]