टि-२० विश्वकपको लागि अफगानिस्तान टिमको घोषणा भएको २० मिनेट पनि नबित्दै राशिद खानले कप्तानी छोड्ने निर्णय गरेका छन्।
टिम छनोट चित्त नबुझेका कारण स्टार लेग स्पिनर खानले उक्त निर्णय लिएका हुन्। “एउटा कप्तान र देशको जिम्मेवार व्यक्ति हुनुको नाताले म छनोट समितिको हिस्सा हुन लायक थिएँ। छनोट समिति र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोटमा मेरो कुनै पनि सुझावलाई सुनेको छैन। म अफगानिस्तान टि-२० टिमको तत्कालै राजिनामा दिंदैछु।” खानले ट्वीटरमार्फत उक्त घोषणा गरेका हुन्।
🙏🇦🇫 pic.twitter.com/zd9qz8Jiu0
— Rashid Khan (@rashidkhan_19) September 9, 2021
अफगानिस्तानले घोषणा गरेको १८ सदस्यीय टिममा हमिद हसन, शापुर जद्रान, दौलत जद्रान र मोहम्माद शाहजाद जस्ता सिनियर खेलाडीहरुलाई पुनरागमन गराइएको छ। ३४ सदस्यीय हसनले २०१९ एकदिवसीय विश्वकप पछि देशको लागि खेलेका छैनन् भने टि-२० फर्म्याटमा अन्तिम पटक २०१६ मा खेलेका थिए। टिममा २८ वर्षीय ब्याट्सम्यान नजीब्ल्लाह जद्रानलाई स्थान दिईएको छैन।
यस्तै अफगानिस्तानका आक्रामक विकेटकिपर ब्याट्सम्यान गत अगस्टमा एक वर्षे प्रतिबन्ध सकिएपछि लयमा देखिएका छैनन्। ३३ र ३४ वर्षीय दौलत र शापुर जद्रान २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएका छैनन्।
टिम छनोटमा अफगानिस्तानमा विवाद यो पहिलो पटक हैन यस अघि यो वर्ष जुलाईमा प्रमुख छनोटकर्ता असदुल्लाह खानले टिम छनोटमा गैर क्रिकेटरहरुको हस्तक्षेप भएको जोसंग टिम छनोट बारे जानकारीनै नभएको कारण देखाउदै राजिनामा दिएका थिए।
अफगानिस्तानले अन्तिम पटक यो वर्ष जिम्बाब्वे बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा अस्घर अफगानले टिमको नेत्रित्व गरेका थिए। उक्त सिरिज अफगानिस्तानले ३-० ले जितेको थियो।
अफगानिस्तान टिम : राशिद खान ( कप्तान ) , रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफ्घान, मोहम्मद नाबी, नाजिबुल्लाह जद्रान, हस्मतुल्लाह शाहिदी, मोहम्मद शाहजाद, मुजिब उर् रहमान, करिम जनत, गुल्बदिन नैब, नभिन उल हक, हमिद हसन, शरफुद्दीन अश्रफ, दौलत जद्रान, शापुर जद्रान, कैस एहमद ( रिजर्भ – अफ्सर जजाई, फरिद एहमद मलिक )
यो पनि पढ्नुस : तालिबानले महिला क्रिकेटलाई समर्थन नगरे अफगानिस्तानलाई अस्ट्रेलियाले आतिथ्य नगर्ने