कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान

आजकै दिन १२ वर्ष अघि सन् २००८ मा भारतीय कप्तान बिराट कोहलीले भारतीय क्रिकेट टिमको लागि श्रीलंका बिरुद्ध दाम्बुलामा डेब्यु गरेका थिए। डेब्युमा भारतले हार बेहोर्नु परेको थियो जुन खेलमा उनलाई १२ रनमा नुवान कुलसेकराले एलबिडब्लु आउट गरेका थिए। डेब्यु याददार नभए पनि कोहलीले आफुलाई त्यसपछि निरन्तर अब्बल ब्याट्सम्यानको रुपमा प्रमाणित गर्दै आएका छन्। विश्वकै वर्तमान महान ब्याट्सम्यानको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन्।

कोहलीले हालसम्म २१ हजार ९०१ अन्तर्राष्ट्रिय रन प्रहार गरिसकेका छन्। २०१० पछि कोहलीले २० हजार ११ हजार भन्दा बढी रन बनाएका छन्। उनि एकै दशकमा २० हजार रन पुरा गर्ने विश्वकै एक मात्र ब्याट्सम्यान हुन्। कोहलीले कुल ७० शतक बनाएका छन् जुन क्रममा एकदिवसीयमा ४३ र टेस्टमा २७ शतक प्रहार गरेका छन्। यस्तै उनले टेस्टमा २२, वानडेमा ५८ तथा टि-२० मा २४ अर्धशतक गरि कुल १०४ अर्धशतक बनाएका छन्।

टेस्ट – ७,२४० रन – २७ शतक र २२ अर्धशतक , एकदिवसीय – ११,८६७ रन , ४३ शतक र ५८ अर्धशतक , टि-२० – २,७९४ रन, ० शतक र २४ अर्धशतक

३२ वर्षीय कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा कैयौं रेकर्डहरु तोडीसकेका छन्, नयाँ रेकर्ड बनाएका छन् भने तोड्नेक्रममा रहेका छन्। यस अवधिमा कोहलीले बनाएका रेकर्डहरुको चर्चा यहाँ गरेका छौँ –

१. कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा १० हजार रन पुरा गर्ने सबैभन्दा छिटो ब्याट्सम्यान हुन्। उनले मात्र २०५ इनिंगमा यो किर्तिमान कायम गरेका हुन्। यस अघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा रहेको थियो जसले २५९ इनिंगमा १० हजार रन पुरा गरेका थिए। यस्तै उनले १० वर्ष ६८ दिन खेल्दै १० हजार रन पुरा गरेका थिए जुन पनि दिनको आधारमा सबैभन्दा छिटो हो। यो रेकर्ड राहुल द्रविडको नाममा रहेको थियो जसले १० वर्ष र ३१७ दिनमा १० हजार रन पुरा गरेका थिए। यस्तै कोहली एकदिवसीयमा ८ हजार , ९ हजार , १० हजार र ११ हजार रन पुरा गर्ने पनि सबैभन्दा छिटो क्रिकेटर हुन्।

२. एकै क्यालेन्डर वर्षमा कोहली सबैभन्दा छिटो १ हजार रन पुरा गर्ने ब्याट्सम्यान हुन्। उनले ११ इनिंगमा १ हजार रन पुरा गरेका थिए। यो रेकर्ड हासिम अमलाको नाममा रहेको थियो जसले १५ इनिंगमा १ हजार रन पुरा गरेका थिए।

३. टेस्ट क्रिकेटमा कप्तानको रुपमा ४ हजार रन पुरा गर्ने कोहली सबैभन्दा छिटो ब्याट्सम्यान हुन्। उनले ब्रायन लाराले ७१ इनिंगमा पुरा गरेको रेकर्ड तोड्ने क्रममा ६५ इनिंगमा ४ हजार रन पुरा गरेका थिए।

४. कोहली द्विपक्षीय वानडे सिरिजमा ६ पटक ३ सय भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान हुन्

५. कोहली र रोहित शर्मा बीच ४ पटक दोहोरो शतकको साझेदारी भएको छ जुन कुनै पनि जोडीले सर्वाधिक पटक गरेको दोहोरो शतकको साझेदारी हो।

६.कोहली टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। उनले २७९४ रन बनाएका छन्। दोश्रो नम्बरमा रहेका रोहित शर्माले २७७३ रन बनाएका छन्।

७. एकै वर्षमा ६ वटा एकदिवसीय शतक प्रहार गर्ने कोहली एकमात्र कप्तान हुन्। उनले २०१७ र १८ मा ६ वटा शतक बनाएका थिए।

८. कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजार रन ५० भन्दा माथिको औशतले प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन्।

९. एकदिवसीय अन्तर्राष्ट्रियमा एकै देश बिरुद्ध धेरै शतक बनाउने रेकर्ड संयुक्त रुपमा कोहली र सचिन तेन्दुलकरको नाममा रहेको छ। कोहलीले वेस्टइन्डिज बिरुद्ध र तेन्दुलकरले अस्ट्रेलिया बिरुद्ध ९ शतक बनाएका छन्। कोहलीले अस्ट्रेलिया र श्रीलंका बिरुद्ध ८/८ शतक बनाएका छन्।

१०. एकै क्यालेन्डर वर्षमा ११ अन्तर्राष्ट्रिय शतक पुरा गर्ने कोहली एक मात्र कप्तान हुन् जसले २०१७ मा यो किर्तिमान बनाएका थिए।

११. कोहली ३० औं, ३५ औं र ४० औं एकदिवसीय शतक सबैभन्दा छिटो प्रहार गर्ने ब्याट्सम्यान हुन्।

१२. द्विपक्षीय वानडे सिरिजमा ५०० रन पुरा गर्ने कोहली पहिलो ब्याट्सम्यान हुन्। विश्वकप क्रिकेट बाहेक अन्य सिरिजमा हालसम्म कोहलीको यो रेकर्ड तोडिएको छैन। कोहलीले २०१७/१८ मा दक्षिण अफ्रीका बिरुद्ध ६ खेलमा ५५८ रन बनाएका थिए।

१३. टि-२० अन्तर्राष्ट्रियमा २ हजार रन पुरा गर्ने उनि सबैभन्दा सबैभन्दा छिटो क्रिकेटर हुन्। उनले ५६ खेलमा उक्त किर्तिमान बनाएका थिए।

१४. लक्ष्य पछ्याउने क्रममा एकदिवसीयमा धेरै शतक बनाउने किर्तिमान कोहलीको नाममा रहेको छ। उनले २६ शतक पछ्याउने क्रममा बनाएका छन्।

१५. कोहली लगातार ४ वटा टेस्ट सिरिजमा ४ वटा दोहोरो शतक बनाउने विश्वकै एक मात्र ब्याट्सम्यान हुन्।

१६. कोहली एकदिवसीयमा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान हुन्। उनले २०१३ मा अस्ट्रेलिया बिरुद्ध ५२ बलमा शतक बनाएका थिए।

१७. कोहली टेस्टमा सबैभन्दा धेरै दोहोरो शतक बनाउने भारतीय ब्याट्सम्यान हुन्। ७ वटा दोहोरो शतक बनाएका कोहली विश्वकै धेरै दोहोरो शतक बनाउने ब्याट्सम्यानको सुचीमा चौथो नम्बरमा छन्। कोहली, महेला जयबर्धने र वाली ह्यामन्डले समान ७ दोहोरो शतक बनाएका छन्। सबै भन्दा धेरै डन ब्र्याडम्यानले १२ वटा, कुमार संगाकाराले ११ वटा तथा ब्रायन लाराले ९ वटा दोहोरो शतक बनाएका छन्।

१८. कोहली सचिन तेन्दुलकर र रिकी पोंटिंग पछि तेश्रो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय शतक बनाउने ब्याट्सम्यान हुन्। कोहलीले टेस्टमा २७ र वानडेमा ४३ शतक गरि कुल ७० शतक बनाएका छन्। कोहली भन्दा अघि रिकी पोंटिंगले ७१ तथा सचिन तेन्दुलकरले १०० अन्तर्राष्ट्रिय शतक बनाएका थिए।

१९. कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको रुपमा सबैभन्दा छिटो ८ हजार रन पुरा गर्ने खेलाडी हुन्। उनले १३७ इनिंगमा उक्त किर्तिमान बनाएका थिए।

२०. कोहली वर्तमानमा टेस्ट, वानडे र टि-२० मा ५० भन्दा माथिको औशतले रन बनाउने विश्वकै एक मात्र ब्याट्सम्यान हुन्। टेस्टमा ५३.६२, वानडेमा ५९.३३ र टि-२० मा ५०.८० को औशतले उनले रन बनाएका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]