दोश्रो चरणको प्रशिक्षणको लागि क्यानद्वारा २० सदस्यीय टिमको घोषणा

२०७७ फाल्गुन १, शनिबार २०:५५

नेपाली राष्ट्रिय क्रिकेट टिमको काठमाडौँमा जारि बन्द प्रशिक्षण अन्तर्गत दोश्रो चरणको प्रशिक्षणको लागि २० सदस्यीय टोलिको घोषणा गरेको छ।

नेपाल क्रिकेट संघले गत साता ३२ सदस्यीय टोलि घोषणा गर्दै २१ जना खेलाडीलाई समाबेश गर्दै पहिलो चरणको बन्द प्रशिक्षण आयोजना गरेको थियो। पहिलो चरणको बन्द प्रशिक्षण शुक्रबार सकिएपछि क्यानले आइतबार देखि दोश्रो चरणको बन्द प्रशिक्षण सुरु गर्नेछ।

दोश्रो चरणको बन्द प्रशिक्षणमा यस अघि घोषित ३२ सदस्यीय प्रारम्भिक टिममा नरहेका बसन्त रेग्मीलाई पनि समाबेश गरिएको छ। घाइते खेलाडी आरिफ शेखलाई भने क्यानले घोषणा गरेको २० सदस्यीय टिममा राखिएको छैन। आरिफ हाल खुट्टाको चोटको उपचार गराइरहेका छन्। आरिफको स्थानमा बसन्त रेग्मीलाई मौका दिईएको हो।

पहिलो चरणको बन्द प्रशिक्षणबाट दोश्रो चरणको प्रशिक्षणमा पृथु बास्कोटा, शाहब आलम, सन्दिप जोरा, आसिफ शेख, बिक्रम सोब, ललित राजवंशी, सुशन भारि, कमल सिंह ऐरी, कुशल भुर्तेल गरि ९ जनाले स्थान बनाउन सकेका छन्।

रामनरेश गिरि, रोहित पौडेल, पवन सर्राफ, राजेश पुलामी, सुनिल धमला, सौरभ खनाल, कृष्ण कार्की, हरिशंकर शाह, विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा, खड्ग बोहरालाई दोश्रो चरणको बन्द प्रशिक्षण टिममा समाबेश गरिएको छैन।

दोश्रो चरणको बन्द प्रशिक्षणको लागि घोषित २० सदस्यीय टोलि – ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप लामिछाने, कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारि, कुशल भुर्तेल, ललित राजबंशी , बिक्रम सोब, सन्दिप जोरा, पृथु बास्कोटा, शाहब आलम, बसन्त रेग्मी

नेपाली राष्ट्रिय क्रिकेट टिमले मार्च १९ तारिख देखि ओमानमा खेल्ने भनिएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज स्थगित भएता पनि क्यानले बन्द प्रशिक्षणलाई भने निरन्तरता दिन लागेको हो। नेपालले अब विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज जुलाईमा स्कटल्याण्डमा खेल्ने तालिका रहेको छ। तर आईसीसीले विश्व कप लिग-२ को आगामी खेल तालिका भने सार्वजनिक गरेको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy