दोहोरो शतकसंगै क्रलेले बटलरसंग बनाए साझेदारीको नयाँ रेकर्ड

२०७७ भाद्र ६, शनिबार २०:०३

पाकिस्तान बिरुद्ध जारि तेश्रो टेस्टमा इंग्ल्यान्डका युवा ब्याट्सम्यान ज्याक क्रलेले दोहोरो शतक पुरा गरेका छन्। टेस्ट अन्तर्गत दोश्रो दिनको दोश्रो सत्रको खेल जारि रहंदा क्रलेले करियरकै पहिलो दोहोरो शतक बनाएका हुन्। उनले ३३१ बलमा २५ चौका प्रहार गर्दै उक्त रन बनाएका हुन्। २२ वर्षीय क्रले करियरको आठौँ टेस्ट खेलीरहेका छन्।

यो समाचार तयार पार्दा टस जितेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले दोश्रो दिनको दोश्रो सेसनको खेल चल्दै गर्दा ४ विकेट गुमेय्र ४०२ रन बनाएको छ। क्रले २०६ रन तथा जोस बटलर १२२ रन बनाएर खेलीरहेका छन्। बटलरको यो दोश्रो टेस्ट शतक हो।

इंग्ल्यान्डको लागि दोहोरो शतक बनाउने इतिहासकै तेश्रो कान्छो

२२ वर्ष २०१ दिन उमेर भएका क्रले इंग्ल्यान्डको टेस्ट क्रिकेट इतिहासमै दोहोरो शतक बनाउने तेश्रो कान्छो खेलाडी बनेका छन्। इंग्ल्यान्डको लागि दोहोरो शतक बनाउने सबैभन्दा कान्छो खेलाडी लेन हटन हुन् जसले २२ वर्ष ६० दिनको उमेरमा अस्ट्रेलिया बिरुद्ध १९३८ मा दोहोरो शतक बनाएका थिए। दोश्रो काँचो डेभिड गोवरले १९७९ मा भारत बिरुद्ध २२ वर्ष १०३ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए।

इंग्ल्यान्डको पाँचौ विकेटको लागि सबैभन्दा ठुलो साझेदारी 

चौथो विकेट १२७ रनमा गुमेपछि पहिलो दिन ब्याटिंग सुरु गरेका जोस बटलर र ज्याक क्रलेले पाँचौ विकेटको साझेदारीको रुपमा २५५ रन बनाएसंगै नयाँ किर्तिमान बनेको छ। टेस्ट क्रिकेटमा इंग्ल्यान्डको लागि पाँचौ विकेटको यो सबैभन्दा ठुलो साझेदारी हो। सन् १९७२ मा भारत बिरुद्ध टोनी ग्रेग र किथ फ्लेचरले गरेको २५४ रनको साझेदारीको किर्तिमान तोडिएको हो।

टेस्ट क्रिकेटमा पाँचौ विकेटको लागि सबैभन्दा ठुलो साझेदारी ४०५ रन हो। डन ब्र्याडम्यान र सिड बर्नेस बीच १९४६ मा इंग्ल्यान्ड बिरुद्ध उक्त साझेदारी गर्दै किर्तिमान बनाएका थिए। सन् २००० पछिको कुरा गर्दा भारतक भीभीएस लक्ष्मण र राहुल द्रविडले अस्ट्रेलिया बिरुद्ध २००१ मा गरेको ३७६ रनको साझेदारी सर्वाधिक हो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/eng-vs-pak-2nd-day-3rd-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/white-sanyas-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy