दोहोरो शतकसंगै क्रलेले बटलरसंग बनाए साझेदारीको नयाँ रेकर्ड

पाकिस्तान बिरुद्ध जारि तेश्रो टेस्टमा इंग्ल्यान्डका युवा ब्याट्सम्यान ज्याक क्रलेले दोहोरो शतक पुरा गरेका छन्। टेस्ट अन्तर्गत दोश्रो दिनको दोश्रो सत्रको खेल जारि रहंदा क्रलेले करियरकै पहिलो दोहोरो शतक बनाएका हुन्। उनले ३३१ बलमा २५ चौका प्रहार गर्दै उक्त रन बनाएका हुन्। २२ वर्षीय क्रले करियरको आठौँ टेस्ट खेलीरहेका छन्।

यो समाचार तयार पार्दा टस जितेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले दोश्रो दिनको दोश्रो सेसनको खेल चल्दै गर्दा ४ विकेट गुमेय्र ४०२ रन बनाएको छ। क्रले २०६ रन तथा जोस बटलर १२२ रन बनाएर खेलीरहेका छन्। बटलरको यो दोश्रो टेस्ट शतक हो।

इंग्ल्यान्डको लागि दोहोरो शतक बनाउने इतिहासकै तेश्रो कान्छो

२२ वर्ष २०१ दिन उमेर भएका क्रले इंग्ल्यान्डको टेस्ट क्रिकेट इतिहासमै दोहोरो शतक बनाउने तेश्रो कान्छो खेलाडी बनेका छन्। इंग्ल्यान्डको लागि दोहोरो शतक बनाउने सबैभन्दा कान्छो खेलाडी लेन हटन हुन् जसले २२ वर्ष ६० दिनको उमेरमा अस्ट्रेलिया बिरुद्ध १९३८ मा दोहोरो शतक बनाएका थिए। दोश्रो काँचो डेभिड गोवरले १९७९ मा भारत बिरुद्ध २२ वर्ष १०३ दिनको उमेरमा दोहोरो शतक बनाएका थिए।

इंग्ल्यान्डको पाँचौ विकेटको लागि सबैभन्दा ठुलो साझेदारी 

चौथो विकेट १२७ रनमा गुमेपछि पहिलो दिन ब्याटिंग सुरु गरेका जोस बटलर र ज्याक क्रलेले पाँचौ विकेटको साझेदारीको रुपमा २५५ रन बनाएसंगै नयाँ किर्तिमान बनेको छ। टेस्ट क्रिकेटमा इंग्ल्यान्डको लागि पाँचौ विकेटको यो सबैभन्दा ठुलो साझेदारी हो। सन् १९७२ मा भारत बिरुद्ध टोनी ग्रेग र किथ फ्लेचरले गरेको २५४ रनको साझेदारीको किर्तिमान तोडिएको हो।

टेस्ट क्रिकेटमा पाँचौ विकेटको लागि सबैभन्दा ठुलो साझेदारी ४०५ रन हो। डन ब्र्याडम्यान र सिड बर्नेस बीच १९४६ मा इंग्ल्यान्ड बिरुद्ध उक्त साझेदारी गर्दै किर्तिमान बनाएका थिए। सन् २००० पछिको कुरा गर्दा भारतक भीभीएस लक्ष्मण र राहुल द्रविडले अस्ट्रेलिया बिरुद्ध २००१ मा गरेको ३७६ रनको साझेदारी सर्वाधिक हो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/eng-vs-pak-2nd-day-3rd-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/white-sanyas-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]