२०११ विश्वकप फाइनलमा लागेको फिक्सिंग आरोपको श्रीलंकाले अपराधिक जांच गर्ने

श्रीलंकाका पुर्व खेल मन्त्रि महिन्दानन्द अलुथगामगेले २ हफ्ता अघि श्रीलंका र भारत बीच २०११ एकदिवसीय विश्वकपको फाइनल खेल श्रीलंकाले नियतवस हारेको आरोप लगाएका थिए। अब श्रीलंकन सरकारले यो मामलाको अपराधिक जांच गर्ने आदेश दिएको छ। श्रीलंका खेल मन्त्रालयका सचिव केडीएस रुवाचन्द्रले अपराधिक जांच सुरु भैसकेको एएफपी समाचार एजेन्सीलाई बताएका छन्।

यो महिनाको सुरुवातमा यो विषयले ठुलो रुप लिएको थियो जब स्थानीय टिभी च्यानलमा अन्तर्वार्ताको क्रममा पुर्व खेल मन्त्रि अलुथगामगेले ( जो २०११ मा खेल मन्त्रि थिए ) श्रीलंका र भारत बीच २०११ विश्वकप फाइनल फिक्स भएको खुलासा गरेका थिए।

अलुथगामगेले बताएका थिए – “आज म भन्छु कि २०११ विश्वकप हामीले बेच्यौ, मैले यो कुरा म खेल मन्त्रि हुँदानै भनेको थिए।” यस क्रममा उनले आफुसंग तथ्य र प्रमाण पनि भएको दावी गरेका थिए। 

समाचार एजेन्सी एएफपीले यो दावी गरेको छ कि यो विषयमा जांच गर्न २०११ मा टिमको मुख्य चयनकर्ता पुर्व कप्तान अरविन्दा डीसिल्भासंग मंगलबार सोधपुछको लागि बोलाइएको छ। भर्खरै एक स्थानीय पत्रिकासंग कुरा गर्दै डीसिल्भाले उक्त आरोपलाई खण्डन गर्दै श्रीलंका क्रिकेट बोर्ड, भारतीय भारतीय क्रिकेट बोर्ड तथा आईसीसीलाई यो विषयमा सन्देह हटाउन जांच गर्न आग्रह गरेका थिए।

पुर्व खेल मन्त्रि महिन्दानन्दा अलुथगामागे

संगाकाराको खण्डन 

पुर्व खेलमन्त्रि अलुथगामगेको आरोप पछि श्रीलंकन टिमका तत्कालीन कप्तान रहेका कुमार संगाकाराले आरोपको खण्डन गर्दै जाँच गरेर त्यसलाई प्रमाणित गर्न चुनौती दिएका थिए। उनले आफ्नो सामाजिक संजालमा लेखेका थिए –

“यो निकै गम्भीर आरोप हो , उनले आफुसंग तथ्य र प्रमाण भएको बताएका छन्। म चाहन्छु कि यो बारे एन्टी करप्सन युनिट र आईसीसीले जांच गरोस र पुर्व खेल मन्त्रि सहि या गलत रहेको निष्कर्षमा पुगोस् भन्ने चाहन्छु”

२०११ अप्रिल-२ मा भारतको मुम्बईमा सम्पन्न फाइनलमा श्रीलंका भारतसंग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर जितेको थियो। वेस्टइन्डिजमा सम्पन्न २००७ एकदिवसीय विश्वकपको पनि फाइनलमा पराजय बेहोरेको श्रीलंका लगातार दोश्रो विश्वकप जित्न चुकेको थियो।

यो पनि पढ्नुस :- सांगाकाराको खुलासा : २०११ विश्वकप फाइनलमा धोनीले किन दोश्रो पटक टस गर्न भनेका थिए

रानातुंगाले पनि लगाएका थिए आरोप

पुर्व खेल मन्त्रि अलुथगामागे बाहेक श्रीलंकालाई १९९६ विश्वकप जिताएका पुर्व कप्तान अर्जुना रानातुंगाले पनि उक्त विश्वकप फाइनल फिक्स्ड भएको बताएका थिए। सन् २०१७ मा उनले यस बारे अनुसन्धानको समेत माग गरेका थिए।

 

महेला जयबर्द्धनेले शतक बनाएपछि श्रीलंकाले पहिले ब्याटिंग गर्दै २७५ रन बनाएको खेलमा भारतले ३१ रनमै ३ विकेट गुमाईसकेको थियो। त्यसपछि बिराट कोहली र गौतम गम्भीरको तथा गम्भीर र धोनीको चौथो विकेटको लागि १०९ रनको साझेदारीले भारत जिततर्फ लम्केको थियो।

“म त्यतिबेला भारतमा कमेन्ट्रि गरिरहेको थिए। जब हामीले हार्यौं मलाई शंकास्पद लागेको थियो।” रानातुंगाले २०१७ मा बताएका थिए। “हामीले २०११ फाइनलमा जे भएको थियो त्यसको अनुसन्धान गर्नुपर्छ। म सबै कुरा अहिले खुलाउन चाहन्छ तर एक दिन अवस्यमा बताउनेछु। यसको जांच हुनुपर्छ”





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]