एसिया कप : एक खेलमा मात्र २० ओभर खेलेको नेपाल

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो पटक एसिया कपमा सहभागीता जनाउदै छ । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागीता जनाएको थियो ।

दुई संस्करणमा गरेर नेपालले आठ खेलमा प्रतिस्पर्धा गरेको छ । आठ खेल मध्ये एक खेलमा मात्र नेपालले पूरा २० ओभर ब्याटिङ गरेको छ । नेपालले एसिया कपको पहिलो सहभागीताको पहिलो खेलमा नै पूरा २० ओभरको खेल खेलेको थियो ।

चीनमा २०१२ मा भएको एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो । यो खेल नेपालले २० रनले गुमाएको थियो ।

यस खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाएर ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ५८ रन मात्र बनाएको थियो । एसिया कपको दुई संस्करणको आठ खेलमा पूरा २० ओभर नेपालले खेलेको यो एक मात्र खेल रहेको थियो ।

त्यसपछि सोहि संस्करणमा बंगलादेशसँग ४५ र चीनसँग ४७ रनमा नेपाल अल आउट भएको थियो । २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा दोस्रो पटक सहभागी नेपालले खेलेको पाँचै खेलमा पूरा २० ओभर खेल्न सकेन ।

पाकिस्तानसँग ४७, श्रीलंकासँग २३, बंगलादेशसँग ४१, थाईल्यान्डसँग ६३ र भारतसँग २१ रनमा नेपाल अल आउट भएको थियो ।

नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ । यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]