IPL 2020 : सबैभन्दा पाका उमेरका ७ खेलाडी, कति छ उमेर

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) सेप्टेम्बर १९ बाट युनाइटेड अरब एमिरेट्स (युएई) मा सुरु हुँदैछ जहाँ विश्वभरका ठुला खेलाडीहरुले सहभागी जनाउने गर्छन्। लिगमा युवा तथा अनुभवी खेलाडीहरुको मिश्रणले टिमलाई सन्तुलित बनाउने गर्छ। उमेरले पाको भएता पनि विश्व चर्चित लिगमा उनीहरुको अनुभव निकै लाभदायक रहने गर्छ। खेलाडीहरुको प्रदर्शन उमेरमा भन्दा फिटनेसमा निकै निर्भर रहन्छ जुनकुरा लिगमा बारम्बार प्रमाणित भैसकेको छ। नजिकिदै गरेको आईपिएलमा पाँच सबैभन्दा पाका उमेर भएका खेलाडीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ :-

क्रिस गेल ( किंग्स-११ पन्जाब ) 

‘युनिभर्स बोस’ उपनामले चर्चित गेल टि-२० फर्म्याटकै सर्वाधिक सफल खेलाडी मध्ये हुन्। ४० वर्ष ३६१ दिन उमेर पुगेका गेलले लिग इतिहासमै सर्वाधिक ६ शतक र सर्वाधिक ३२६ छक्का प्रहार गरेका छन्। २०१३ को सिजनमा गेलले रोयल च्यालेन्जर्स बैंगलोरको प्रतिनिधित्व गर्नै क्रममा पुने वारियर्स इन्डिया विरुद्ध ६६ बलमा १७५ रनको विस्फोटक पारी खेलेका थिए जुन लिग इतिहासकै सर्वाधिक ब्यक्तिगत स्कोर हो। लिग इतिहासमा गेलले १५१.०३ को स्ट्राइक रेटमा ४४८४ रन बनाइसकेका छन्। उनले सिजनको तेस्रो दिन आफ्नो ४१ औं जन्मदिन मनाउने छन्। यो सिजन केएल राहुल नेतृत्वमा रहेको किङ्ग्स-११ पन्जाबको प्रतिनिधित्व गर्ने गेलबाट टिमले पुनः रन वर्षा भएको देख्न चाहन्छ।

शेन वाट्सन ( चेन्नाई सुपर किंग्स ) 

२०१८ को अक्सनमा चेन्नाईमा आबद्ध अस्ट्रेलियन विस्फोटक ब्याट्सम्यान वाट्सनले पछिल्लो २ सिजनमा ३२ खेलमा ९५३ रन बनाइसकेका छन्। ३९ वर्ष ९१ दिन उमेर पुगेका वाट्सनले यो सिजनमा पनि चेन्नाईको प्रतिनिधित्व गर्नेछन्। उनले २०१८ को फाइनलमा सनराइजर्स हैदराबाद विरुद्ध सर्वाधिक ब्यक्तिगत स्कोर (११७*) दर्ता गर्ने क्रममा टिमलाई उपाधी दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए। प्रमुख ब्याट्सम्यान सुरेश रैनाको अनुपस्थितीमा वाट्सन यो सिजन टिमको महत्वपूर्ण खेलाडी रहने छन्।

ताहिर, धोनी र वाटसन चेन्नाईबाट खेल्दैछन्

डेल स्टेन ( रोयाल च्यालेन्जर्स बैंगलोर ) 

दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेन गत सिजन नाथन कौल्टर-नाइलको स्थानमा बैंगलोरमा आबद्ध भएका थिए। तर २ खेलमा ४ विकेट लिएका स्टेन चोटको कारण प्रतियोगिताबाट बाहिरिनु परेको थियो। ३७ वर्ष ८२ दिन उमेर पुगेका स्टेनले यो सिजन पुनः बैंगलोरको प्रतिनिधित्व गर्नेछन्। उमेर ढल्किएता बाबजुद स्टेनको बलिंग गति उच्च रहने गर्छ जसको नाममा लिग इतिहासकै सर्वाधिक गतिको बलिंग गर्ने कीर्तिमान रहेको छ। उनले २०१२ मा डेक्कन चार्जर्सको प्रतिनिधित्व गर्ने क्रममा बैंगलोर बिरुद्ध १५४.४० प्रति/घण्टाको गतिमा बलिंग गरेका थिए। उनले लिगमा कुल ९२ खेल खेल्ने क्रममा २४.७३ को औसतमा ९६ विकेट हात पारिसकेका छन्। शानदार प्रदर्शन गर्दै स्टेन यो सिजन बैंगलोरलाई पहिलो उपाधी जिताउने लक्ष्यमा रहने छन्।

अमित मिश्रा ( दिल्ली क्यापिटल्स ) 

३७ वर्ष २९८ दिन उमेर भएका लेग स्पिनर मिश्रा लिग इतिहासमै सबैभन्दा धेरै ३ पटक ह्याट्रिक विकेट लिएका छन्। दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्ने मिश्राले लिग इतिहासमा लासिथ मलिंगा ( १७० विकेट ) पछि दोश्रो धेरै १५७ विकेट लिएका छन्। यो पटक राम्रो प्रदर्शन गर्दै अझै पनि भारतीय टिममा स्थान बनाउने लक्ष्य बोकेका मिश्रा लिगमा थप १४ विकेट लिंदै मलिंगालाई पार्ने समेत सोचमा हुनेछन्। गत सिजन उनले ११ विकेट लिएका थिए।

इमरान ताहिर ( चेन्नाई सुपर किंग्स ) 

दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर यो सिजन आईपीएल खेल्ने सबैभन्दा पाका खेलाडी हुन्। ताहिरको उमेर ४१ वर्ष १७३ दिन रहेको छ। विकेट लिएपछि हात फैलाउदै उत्साहजनक सेलेब्रेसनको लागि ताहिर प्रख्यात छन्। गत सिजन लिगको सर्वाधिक विकेटकर्ता हुँदै पर्पल क्याप जितेका ताहिर उमेर ढल्किनुका बाबजुद शानदार प्रदर्शन गर्दै आएका छन्। उनले गत सिजन १७ खेलमा २६ विकेट हात पार्दै पर्पल क्याप जितेका थिए। ताहिरले लिग इतिहासमा १५.५१ को स्ट्राइक रेटमा ७९ विकेट लिएका छन्। गत साता सम्पन्न सिपिएल टि-२० मा पनि ताहिरले ११ खेलमा १५ विकेट लिंदै तेश्रो सर्वाधिक विकेटकर्ता रहेका थिए। सोहि लय १३ औं आईपीएलमा पनि कायम राख्ने आशा टिमले राखेको छ।

महेन्द्र सिंह धोनी ( चेन्नाई सुपर किंग्स ) 

भारतिय पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्नो चलाखीपुर्ण कप्तानीको लागि चिनिने गर्छन् जसले केही महिना अगाडि अन्तर्राष्ट्रिय क्रिकेबाट सन्यासको घोषणा गरेका थिए। सिएसकेलाई ३ पटक उपाधी जिताएका धोनी यो सिजन लामो अन्तराल मैदानमा उत्रने छन्। ३९ वर्ष ७२ दिन उमेर भएका धोनीले लिगमा १७४ खेल खेल्ने क्रममा ४४३२ रन बनाइसकेका छन्। उनले गत सिजन ८३.२० को औसतमा ४१६ रन बनाएका थिए। उमेर ढल्किएता पनि धोनी मैदानमा उत्तिकै चुस्त र फिट देखिन्छन्।

ड्वेन ब्राभो ( चेन्नाई सुपर किंग्स ) 

३६ वर्ष ३४६ दिन उमेर भएका ब्राभो लिग इतिहासकै पाँचौ सर्वाधिक विकेट लिने बलर हुन्। चेन्नाईका अलराउण्डरले कुल १४७ विकेट लिएका छन् भने ब्याटिंगमा १,४८३ रन बनाएका छन्। यस क्रममा लिग इतिहासमै दुई पटक पर्पल क्याप जित्ने पहिलो बलर पनि हुन्। उनले २०१३ र २०१५ को सिजनमा सर्वाधिक विकेट लिंदै पर्पल क्याप जितेका थिए। २०१३ मा ब्राभोले एकै सिजन ३२ विकेट लिंदै लिगक एकै सिजन ३० भन्दा बढी विकेट लिने पहिलो बलर बनेका थिए। वेस्ट इन्डिज क्रिकेटर यो पटक पनि चेन्नाई टिमको महत्वपूर्ण हिस्सा रहेका छन् जो डेथ ओभरमा उत्कृस्ट बलिंग गर्न तथा परेको बेला विस्फोटक ब्याटिंग गर्नको लागि चिनिने गर्छन्।

धेरैले पढेको :

IPL : यस्तो छ क्रिक्इन्फोले चुनेको दिल्लीको सम्भावित अन्तिम-११

आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित

IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

IPL इतिहासमा पर्पल क्याप जित्ने १० बलर





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]