वर्ष २०२१ मा नेपाली क्रिकेट टिमको प्रदर्शन, कसले नाममा धेरै रन र विकेट ( पुरा सूची )

वर्ष २०२१ मा नेपाली राष्ट्रिय क्रिकेट टिमले मात्र ११ वटा अन्तर्राष्ट्रिय खेल खेल्यो। कोभिड-१९ का कारण विश्व कप लिग-२ को अधिकांश सिरिजहरु स्थगित भएका कारण नेपाली क्रिकेट टिम अधिकांश समय फुर्सदमा रह्यो। नेपाल क्रिकेट संघले अप्रिलमा घरमै पहिलो पटक नेदरल्याण्ड र मलेसिया सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्यो भने अमेरिका र ओमानसंग विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न ओमान पुग्दा पपुवा न्यु गिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज समेत खेल्न पुग्यो। वर्ष २०२१ मा नेपाली राष्ट्रिय टिम र खेलाडीहरुको प्रदर्शन कस्तो रह्यो प्रस्तुत छ –

टि-ट्वान्टी अन्तर्राष्ट्रिय : नेपालले अप्रिलमा आयोजित मलेसिया र नेदरल्याण्डसंग त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल हुँदा खेलेको ५ खेल मध्ये ४ वटामा जित दर्ता गर्यो। नेदरल्याण्डसंग एउटा खेलमा हार बाहेक अन्य खेलमा नेपाल सहजै विजयी भयो। नेपालले जितेको यो नै पहिलो बहुदेशीय अन्तर्राष्ट्रिय सिरिज हो।

म्याच १ : नेपाल-नेदरल्याण्ड – नेपाल ९ विकेटले विजयी
म्याच २ : नेपाल-मलेसिया – नेपाल ९ विकेटले विजयी
म्याच ३ : नेपाल-नेदरल्याण्ड – नेदरल्याण्ड ३ विकेटले विजयी
म्याच ४ : नेपाल-मलेसिया – नेपाल ६९ रनले विजयी
म्याच ५ : नेपाल-नेदरल्याण्ड – नेपाल १४२ रनले विजयी

एकदिवसीय अन्तर्राष्ट्रिय : नेपालले सेप्टेम्बरमा ओमान भ्रमणमा मात्र यो वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय खेल्यो। विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान र अमेरिकासंग खेल्नु अघि नेपालले पपुवा न्यु गिनीसंग डे-नाइट एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्यो जसमा नेपाल २-० ले विजयी भयो। लिग-२ सिरिजमा नेपालको प्रदर्शन मिश्रित रहंदा बलियो ओमानलाई पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय पराजित गर्नु नेपालको उपलब्धि रह्यो। नेपालले ओमान भ्रमणमा खेलेको ६ खेल मध्ये ४ वटामा जित र २ वटामा हार बेहोर्यो।

म्याच १ : नेपाल-पपुवा न्यु गिनी – नेपाल २ विकेटले विजयी
म्याच २ : नेपाल-पपुवा न्यु गिनी – नेपाल १५१ रनले विजयी
म्याच ३ : नेपाल-अमेरिका – नेपाल ५ विकेटले विजयी
म्याच ४ : नेपाल-ओमान – ओमान ५ विकेटले विजयी
म्याच ५ : नेपाल-अमेरिका – अमेरिका ६ विकेटले विजयी
म्याच ६ : नेपाल-ओमान – नेपाल ७ विकेटले विजयी

सर्वाधिक रन बनाउने शिर्ष ५ खेलाडीहरु ( एकदिवसीय अन्तर्राष्ट्रिय ) :

रोहित पौडेल : ६ खेलको ६ इनिंग्समा २१७ रन ( २ अर्धशतक, औशत ४३.४०, स्ट्राइक रेट ६६.३६ )
ज्ञानेन्द्र मल्ल : ६ खेलको ६ इनिंग्समा १९६ रन ( २ अर्धशतक, औशत ३९.२०, स्ट्राइक रेट ६७.८२ )
आसिफ शेख : ६ खेलको ६ इनिंग्समा १८९ रन ( १ अर्धशतक, औशत ३१.५०, स्ट्राइक रेट ७२.४१ )
कुशल भुर्तेल : ६ खेलको ६ इनिंग्समा १४४ रन ( १ अर्धशतक, औशत २४.०० , स्ट्राइक रेट ७८.२६ )
करन केसी : ५ खेलको ४ इनिंग्समा ७६ रन ( औशत २५.३३, स्ट्राइक रेट ८७.३५ )

सर्वाधिक विकेट लिने शिर्ष ५ खेलाडीहरु ( एकदिवसीय अन्तर्राष्ट्रिय ) :

सन्दिप लामिछाने : ६ खेलको ५ इनिंग्समा १८ विकेट ( औशत ७.३८, स्ट्राइक रेट १३.९, इकोनोमि ३.१७ )
करन केसी : ५ खेलको ५ इनिंग्समा ८ विकेट ( औशत २०.८७, स्ट्राइक रेट २०.२, इकोनोमि ६.१८ )
बिक्रम सोब : ४ खेलको ४ इनिंग्समा ५ विकेट ( औशत १९.०, स्ट्राइक रेट २०.६, इकोनोमि ५.५३ )
कुशल मल्ल : ५ खेलको ४ इनिंग्समा ५ विकेट ( औशत २२.८०, स्ट्राइक रेट ३४.८, इकोनोमि ३.९३ )
सुशन भारि : ५ खेलको ५ इनिंग्समा ४ विकेट ( औशत ३२.२५, स्ट्राइक रेट ४९.५, इकोनोम ३.९० )

सर्वाधिक रन बनाउने शिर्ष ५ खेलाडीहरु ( टि-२० ) :

कुशल भुर्तेल : ५ खेलको ५ इनिंग्समा २७८ रन ( ४ अर्धशतक, औशत ६९.५ , स्ट्राइक रेट १४०.४ )
आसिफ शेख : ५ खेलको ५ इनिंग्समा १५४ रन ( १ अर्धशतक, औशत ३८.५, स्ट्राइक रेट १३८.७३ )
दिपेन्द्र ऐरी : ५ खेलको ४ इनिंग्समा १४७ रन ( १ अर्धशतक, औशत ७३.५ , स्ट्राइक रेट २१६.१७ )
ज्ञानेन्द्र मल्ल : ५ खेलको ४ इनिंग्समा १०७ रन ( औशत ३५.६६, स्ट्राइक रेट १६४.६१ )
कुशल मल्ल : ४ खेलको ३ इनिंग्समा ८७ रन ( औशत ८७.००, स्ट्राइक रेट २१२.१९ )

सर्वाधिक विकेट लिने खेलाडीहरु ( टि-ट्वान्टी अन्तर्राष्ट्रिय ) :

सन्दीप लामिछाने : ५ खेलको ५ इनिंग्समा १३ विकेट ( औशत १२.५३, स्ट्राइक रेट ९.१, इकोनोमि ८.२१)
करन केसी : ५ खेलको ५ इनिंग्समा ७ विकेट ( औशत १६.४२, स्ट्राइक रेट १५.०, इकोनोमि ६.५७ )
कमल सिंह ऐरी : २ खेलको २ इनिंग्समा ५ विकेट ( औशत ७.६० , स्ट्राइक रेट ८.६, इकोनोमि ८.६ )
सोमपाल कामि : ५ खेलको ५ इनिंग्समा ५ विकेट ( औशत १७.०, स्ट्राइक रेट ८.६, इकोनोमि ५.३१ )
कुशल मल्ल : ४ खेलको २ इनिंग्समा २ विकेट ( औशत १३.५०, स्ट्राइक रेट १२, इकोनोमि ६.७५ )

५ सर्वाधिक व्यक्तिगत स्कोर ( एकदिवसीय अन्तर्राष्ट्रिय )

९० रन – आसिफ शेख ( बिरुद्ध ओमान )
८६ रन – रोहित पौडेल ( बिरुद्ध पपुवा न्यु गिनी )
८४ रन – कुशल भुर्तेल ( बिरुद्ध अमेरिका )
६२* रन – रोहित पौडेल ( बिरुद्ध अमेरिका )
५५ रन – ज्ञानेन्द्र मल्ल ( बिरुद्ध अमेरिका )

५ उत्कृस्ट बलिंग स्पेल ( एकदिवसीय अन्तर्राष्ट्रिय )

६ विकेट ( ५.१-०-११-६ ) – सन्दिप लामिछाने ( बिरुद्ध पपुवा न्यु गनी )
४ विकेट ( ८.१-२-१८-४ ) – सन्दिप लामिछाने ( बिरुद्ध ओमान )
४ विकेट ( ८-१-२५-४ ) – करन केसी ( बिरुद्ध ओमान )
४ विकेट ( १०-०-३५-४ ) – सन्दिप लामिछाने ( बिरुद्ध पपुवा न्यु गनी )
२ विकेट ( ७-१-१९-२ ) – कुशल मल्ल ( बिरुद्ध पपुवा न्यु गिनी )

५ सर्वाधिक व्यक्तिगत स्कोर ( टि-ट्वान्टी अन्तर्राष्ट्रिय )

७७ रन – कुशल भुर्तेल ( बिरुद्ध नेदरल्याण्ड )
६२ रन – कुशल भुर्तेल ( बिरुद्ध नेदरल्याण्ड )
६२ रन – कुशल भुर्तेल ( बिरुद्ध नेदरल्याण्ड )
६१* रन – कुशल भुर्तेल ( बिरुद्ध मलेसिया )
६० रन – दिपेन्द्र ऐरी ( बिरुद्ध नेदरल्याण्ड )

५ उत्कृस्ट बलिंग स्पेल ( टि-ट्वान्टी अन्तर्राष्ट्रिय )

४ विकेट ( ४-०-४८-४ ) – सन्दिप लामिछाने ( बिरुद्ध नेदरल्याण्ड )
३ विकेट ( ३-०-११-३ ) – करन केसी ( बिरुद्ध नेदरल्याण्ड )
३ विकेट ( ३.१-०-१६-३ ) – कमल सिंह एरि ( बिरुद्ध मलेसिया )
३ विकेट ( ३-०-१७-३ ) – करन केसी ( बिरुद्ध मलेसिया )
३ विकेट ( ४-१-२०-३ ) – सोमपाल कामि ( बिरुद्ध मलेसिया )

थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]