दीपेन्द्रको सानदार ब्याटिङमा नेपालको जित

२०८१ जेष्ठ २, बुधबार ०७:२४

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीको सानदार फिनिसको सहयोगमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ ।

मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।

घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गयो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy