काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र ललितपुर मेयर्स एघार खेल्दै छन् ।
बागमती प्रदेश अस्मिना कर्माचार्यको कप्तानीमा मैदान उत्रदा मेयर्स एघारको टोली पुजा महतोको कप्तानीमा मैदान उत्रदै छ ।
प्रतियोगितामा गत वर्ष सम्पन्न महिला प्रधानमन्त्री कपका शीर्ष चार टोली तथा आयोजक ललितपुर मेयर्स एघारको गरि पाँच टोलीको सहभागीता रहेको छ ।
राउन्ड रोविन लिगमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
