वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ ।

विश्वकप वा कुनै प्रतियोगिताहरुमा बलिङ राम्रो हुने टिमलाई राम्रो टिमको रुपमा गनिन्छ । दश वर्ष अघि विश्वकप खेल्दा बलियो बलिङका साथ उत्रिएको भएर नेपालले दोस्रो चरणको सम्भावना बलियो बनाएको थियो । त्यस विश्वकपमा नेपालले उत्कृष्ट बलिङ प्रस्तुत गर्दै प्रतियोगितामा खेलेको तीन खेलमा जम्मा आठ रन अतिरिक्तमा खर्चिएको थियो । आठ अतिरक्ति रन खर्चदा कुनै वाइड वा नो-बल गरेको थिएन ।

१६ मार्च २०१४ मा हङकङसँग खेल्दै नेपालले विश्वकपमा डेब्यु गरेको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङले १७ ओभरमा अल आउट हुदै ६९ रन मात्र बनाउन सक्यो । खेल नेपालले ८० रनले जितेको थियो । यस खेलमा नेपालले १ रन अतिरिक्तको रुपमा खर्चिएको थियो । सो १ रन लेग बाईको रुपमा हङकङलाई मिलेको थियो ।

१८ मार्च २०१४ मा नेपालले विश्वकपको दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग खेलेको थियो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य बंगलादेशले १५ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । यस खेल नेपालले ८ विकेटले गुमाएको थियो । यस खेलमा नेपालले २ अतिरिक्त रन खर्चिएको थियो । अतिरिक्त २ रन लेग बाईका रुपमा बंगलादेशलाई मिलेको थियो ।

विश्वकपको तेस्रो तथा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेलेको थियो । अघि दुई खेलमा झै यस खेलमा पनि नेपालले टस हारेर ब्याटिङ गरेकोमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउँन सक्यो । नेपाल ९ रनले विजयी भएको यस खेलमा अफगानिस्तानले ५ रन अतिरिक्तका रुपमा पाएको थियो । उक्त पाँचै रन लेग बाईको रुपमा अफगानिस्तानले पाएको थियो ।

यस विश्वकपमा नेपालले आठ रन अतिरिक्त चार बाई तथा चार रन लेग बाईको रुपमा दिएको थियो । यस विश्वकपमा नेपालले वाइड र नो-बलमा अतिरिक्त रन खर्चिएको थिएन । दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ ।

नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]