काठमाडौं । नेपाली यू-१९ टोलीबाट २०१६ मा विश्वकप खेलेका योगेन्द्रसिंह कार्कीको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाको सिड्नीमा जारी अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लबले सगरमाथा क्रिकेट क्लबलाई पराजित गरेको छ ।
छैटौं खेलमा पाँचौं जित निकाल्नेक्रममा अभानीले सगरमाथालाई १२ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको अभानीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।
अभानीका लागि प्लेयर अफ द म्याच समेत भएका योगेन्द्रसिंह कार्कीले ५८ बलमा ८१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । रमन जैसले २३ बलमा ३२ तथा सन्तोष घिमिरेले १२ बलमा १८ रन बनाए ।
सगरमाथाका लागि निरज भट्टले २ तथा माधव प्रसाई र ओम शाहले समान १/१ विकेट लिए ।
अभानीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको सगरमाथाले १८ ओभरमा अल आउट हुँदै १ सय ७५ रन मात्र बनाउँन सक्यो ।
सगरमाथाका लागि दिवस सापकोटाले २७ बलमा ३७ तथा ओम शाहले १९ बलमा २४ रन बनाए । निरज भट्ट २० रनमा अविजित रहँदा आकाश पाठकले १९ रन जोडे ।
अभानीका लागि सचिन श्रेष्ठले ३ तथा योगेन्द्रसिंह कार्कीले २ विकेट लिए ।
छ खेलमा पाँचौ जित निकालेको अभानी शीर्ष स्थानमा छ । पाँच खेलमा तेस्रो हार व्यहोरेको सगरमाथा चौथो स्थानमा छ ।
लिगमा आठ टोलीको सहभागीता रहेको छ ।