ह्युस्टनमाथि नेपालको लगातार दोस्रो जित

२०८१ जेष्ठ १३, आईतवार ०७:१०

काठमाडौं । टी-२० विश्वकपको तयारीका क्रममा अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास पनि खेलमा ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ ।

आइतबार बिहान प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा भएको खेलमा नेपालले २७ रनको जित हात पारेको हो ।

नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८ दशमलब ३ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।

ह्युस्टन जिआ शाहजादले २९ बलमा ३५ तथा इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६/१६ रन बनाए ।

नेपालका लागि करण केसीले ३ तथा सोमपाल कामी र अभिनाष बोहराले समान २/२ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पौडेलले ४० बलमा ३७ तथा कुशल भुर्तेल ३१ बलमा २३ रन जोडे ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ ।

नेपालबाट अमेरिका पुगेको नेपाली टोली आफ्नो विश्वकपको दुई खेल रहेको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गएर तीन अभ्यास खेल खेलेको थियो । नेपालले स्थानिय टिमसँगको तीन खेलको अभ्यास खेलको सिरिज २-१ ले जितेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy