काठमाडौं । टी-२० विश्वकपको तयारीका क्रममा अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास पनि खेलमा ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ ।
आइतबार बिहान प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा भएको खेलमा नेपालले २७ रनको जित हात पारेको हो ।
नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८ दशमलब ३ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।
ह्युस्टन जिआ शाहजादले २९ बलमा ३५ तथा इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६/१६ रन बनाए ।
नेपालका लागि करण केसीले ३ तथा सोमपाल कामी र अभिनाष बोहराले समान २/२ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पौडेलले ४० बलमा ३७ तथा कुशल भुर्तेल ३१ बलमा २३ रन जोडे ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।
यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ ।
नेपालबाट अमेरिका पुगेको नेपाली टोली आफ्नो विश्वकपको दुई खेल रहेको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गएर तीन अभ्यास खेल खेलेको थियो । नेपालले स्थानिय टिमसँगको तीन खेलको अभ्यास खेलको सिरिज २-१ ले जितेको थियो ।