नारायण बने सर्वोत्कृष्ट खेलाडी, कोलकाताले जित्यो २० करोड भारु

काठमाडौं । कोलकाता नाइट राइडर्सका स्पिन अलराउण्डर सुनिल नारायणले १७ औं संस्करण इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ मा सर्वोत्कृष्ट (मोष्ट भ्यालुएबल) खेलाडीको अवार्ड जितेका छन् ।

कोलकातालाई तेस्रोपटक च्याम्पियन बनाउन सुनिल नारायणले शानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नारायणले यस सिजनको आइपीएलमा १७ विकेट लिनुको साथै ४ सय ८८ रन बनाएका थिए ।

कोलकाताले फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले ७ सय ४१ रन बनाउँदै सर्वाधिक रनकर्ता बन्दै ओरेन्ज क्याप जितेका छन् । त्यस्तै पञ्जाब किंग्सका हर्षल पटेलले २४ विकेटका साथ सर्वाधिक विकेटकर्ता बन्दै पर्पल क्याप जितेका छन् ।

त्यस्तै, सनराइजर्स हैदराबादले फेयर प्ले अवार्ड जितेको छ । हैदराबादका नितेश कुमार रेड्डीले इमर्जिङ प्लेयर अवार्ड उपाधि जिते । क्याच अफ ल सिजन कोलकाताका रमनदिप सिंहले जित्दा मोस्ट स्ट्राइकर अफ द सिजन जेक फ्रेजरले जितेका छन् । मोस्ट फोर अफ द सिजन हैदराबादका ट्राभिस हेडले जित्दा मोस्ट सिक्स अफ द सिजन हैदराबादका अभिसेक शर्माले जितेका छन् ।

च्याम्पियन कोलकाताले २० करोड भारु उपाधि पाउनेछ । उपविजेता हैदराबादले १२ करोड ५० लाख भारु पाउनेछ । व्यक्तिगत अवार्डतर्फका विजेताले समान १० लाख पाउनेछन् ।

 

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]