भ्याली कप टी-२० : उपाधीका लागि भक्तपुर र सीएसी भिड्ने

काठमाडौं । एनसिसीएस महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि भक्तपुर क्रिकेट सेन्टर र क्रिकेट एक्सिलेन्स सेन्टर (सीएसी) काठमाडौं भिड्ने भएका छन् ।

मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुई सेमिफाइनलमा जित हात पार्दै भक्तपुर र सीएसीले उपाधीका लागि खेल्ने पक्का गरेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सीएसी भक्तपुरविरुद्ध ७३ रनको फराकिलो जित निकाल्दै सीएसी काठमाडौं फाइनल प्रवेश गरेको हो ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याएको भक्तपुर १७ दशमलब ४ ओभरमा ८२ रनमै समेटियो ।

भक्तपुरका लागि विवेक लामाले २४, विपिन आचार्यले १६ र रोशन साउदले १० रन बनाए ।

काठमाडौंका लागि सोनु देवकोटाले तीन तथा दीपेन्द्र रावत र दयानन्द मण्डलले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि रित गौतमले ५४ बलमा अविजित ५४ रनको योगदान गरे । यसैगरी सुशान्त थापाले ५४ र सोनु देवकोटाले १५ रन बनाए ।

भक्तपुरका लागि अविनाश बस्याल, विपिन न्यौपाने र किरण चन्दले समान एक विकेट लिए ।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा भक्तपुरले ग्रेट हिमालय क्रिकेट सेन्टरविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको थियो ।

भक्तपुरले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १ सय १९ रन बनायो ।

ग्रेट हिमालयका लागि क्रिस कार्कीले २१, इशान पाण्डेले १८ र रुपेश श्रीवास्तवले १५ रन बनाए ।

भक्तपुरका लागि अरुण ऐरी र नितेश पटेलले समान दुई तथा मुकेश ओझाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको भक्तपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय २३ रनको योगफल तयार पारेको थियो ।

भक्तपुरका लागि दीपक बोहराले ३४ बलमा ५०, अरुण ऐरीले ३१ र विनोद तामाङले २१ रन बनाए ।

ग्रेट हिमालयका लागि कलम खत्रीले दुई तथा रुपेश श्रीवास्तव र सन्दीप पराजुलीले समान एक विकेट लिए ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]