यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको छ । विश्वकपमा सहभागी हुन नेपाली टोली अमेरिका गईसकेको छ ।

४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्ने नेपालले दोस्रो खेलमा १२ जुनमा श्रीलंका खेल्नेछ । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १५ जुनमा खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा बंगलादेशसँग खेल्नेछ ।

यस विश्वकपका लागि घोषित नेपाली टोलीमा सोमपाल कामी बाहेकका १४ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् । घोषित १५ खेलाडीको टी-२० आईमा कस्तो प्रदर्शन यसप्रकार रहेको छ :

१) रोहितकुमार पौडेल

नेपाली टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेलले ३१ जनवरी २०१९ मा युएईविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । नेपालका लागि ४९ टी-२० आई खेलमा ६ अर्धशतकको सहयोगमा ११ सय ८ रन तथा ५ विकेट समेत आफ्नो नाम गरेका छन् ।

२) दीपेन्द्रसिंह ऐरी

दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेटमा थ्री डि प्लेयरका रुपमा चिनिने खेलाडी हुन् । ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट खेलाडी हुन् । ऐरीले नेदरल्यान्ड्स विरुद्ध खेल्दै जुलाई २९ २०१८ मा नेपालका लागि टी-२० डेब्यु गरेका थिए । ऐरीले नेपालका लागि ६४ मा एक शतक तथा नौ अर्धशतकका साथ १६ सय २६ तथा ६.१० इकोनोमीका साथ ३७ विकेट लिएका छन् ।

३) कुशल भुर्तेल

ब्याटिङ अलराउन्डर कुशल भुर्तेलले अप्रिल १७ २०२१ मा नेदरल्यान्ड्ससँग खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । भुर्तेलले नेपालका लागि ४३ टी-२० आई खेलमा एक शतक तथा आठ अर्धशतकको सहयोगमा १ हजार ८१ रन तथा ५.६२ इकोनोमिमा १० विकेट लिएका छन् ।

४) आसिफ शेख

ओपनर ब्याटर आसिफले १७ अप्रिल २०२१ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा टी-२० आईमा डेब्यु गरेका थिए । आसिफले नेपालबाट ४४ टी-२० आई खेल खेल्दै १ हजार २३ रन बनाएका छन् । उनले ५ अर्धशतक समेत प्रहार गरेका छन् ।

५) सन्दीप जोरा

मध्येक्रमका ब्याटर जोराले ३१ जनवरी २०१९ मा नेपालका लागी टी-२० आईमा युएईविरुद्ध खेल्दै डेब्यु गरेका थिए । नेपालका लागि ३० टी-२० आई खेलमा तीन अर्धशतकका साथ जोराले ३ सय ८७ रन बनाएका छन् । उनको स्ट्राइक रेट १२०.९३ रहेको छ ।

६) कुशल मल्ल

युवा अलराउन्डर कुशल मल्लले नेपाली टी-२० आई टिममा २७ सेप्टेम्बरमा जिम्बावेविरुद्ध खेल्दै डेब्यु गरेका थिए । नेपालका ३९ टी-२० आई खेलेका मल्लले एक शतक तथा चार अर्धशतकको सहयोगमा ७ सय ७१ रन तथा ६.१८ को इकोनोमीमा १९ विकेट लिएका छन् । मल्लले १६७.२४ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

७) गुलसन झा

gulsan jha

युवा अलराउन्डर झाले नेपालका लागि १९ फेब्रुअरी २०२२ मा फिलिपिन्सविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । नेपालका लागि २९ खेल खेलका झाले ७.१९ को इकोनोमिमा १९ विकेट तथा एक अर्धशतकको सहयोगमा ३ सय ६२ रन बनाएका छन् । झाले १३९.२३ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

८) करण केसी

तीव्र गतिको बलिङ तथा ठूला सटका लागि चिनिने केसीले नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा २०१५ जुन ३० मा टी-२० आईमा डेब्यु गरेका थिए । केसीले ६८ खेलमा ७.८२ को इकोनोमिमा ९० विकेट लिनुसँगै १५१. ६३ को स्ट्राइक रेटमा ४ सय १७ रन बनाएका छन् ।

९) सोमपाल कामी

दश वर्ष पछि विश्वकपका लागि घोषत टोलीमा एक मात्र विश्वकप खेलेको अनुभवी खेलाडी सोमपाल कामी हुन् । सोमपालले नेपालका लागि मार्च १६ २०१४ मा विश्वकपको पहिलो खेलमा हङकङविरुद्ध डेब्यु गरेका थिए । तिव्र गतिको बलिङसँगै तल्लोक्रममा रहेर ब्याटिङमा समेत सहयोग गर्ने सोमपालले ६५ टी-२० आईमा खेलमा ५८ विकेट तथा ३ सय १५ रन समेत बनाएका छन् ।

१०) ललितनारायण राजवंशी

 

ललितले २०१८ जुलाई २९ मा लड्समा नेदरल्यान्ड्सविरुद्धको खेल खेल्दै टी-२० आईमा डेब्यु गरेका हुन् । ललितले नेपालबाट २१ टी-२० खेल खेल्दै ६.४ को इकोनोमीमा १८ विकेट लिएका छन् ।

११) अभिनास बोहरा

डेथ ओभर स्पेसलिस्टका रुपमा चिनिने अभिनासल् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलमा टी-२० आईमा डेब्यु गरेका थिए । नेपालका लागि बोहराले ७.३१ को इकोनोमिमा ७४ विकेट लिएका छन् ।

१२) प्रतिश जिसी

Pratish GC Profile, Photos, Teams and News

 

युवा क्रिकेट प्रतिशले १९ वर्षकै उमेरमा नेपाली टोलीमा मौका पाएका हुन् । प्रतिशले २०२३ को अक्टोबर २१ मा हङकङविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । देव्रेहाते तिव्रगतिका बलर प्रतिशले नेपालका लागि १० टी-२० आईमा खेल खेल्दै ८ विकेट लिएका छन् ।

१३) सागर ढकाल

Sagar Dhakal

तेव्रेहाते स्पिनर सागरले २०२२ फेब्रुअरी ११ मा ओमानसँग खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । नेपालका लागि तीन खेलमा मात्र खेल्ने अवसर पाएका ढकालले १ विकेट मात्र लिएका छन् ।

१४) कमलसिंह ऐरी

 

तीव्र गतिका बलर कमलसिंह ऐरीले कीर्तिपुरमा २०२१ अप्रिल २२ मा मलेसियासँग खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । ऐरीले नेपालका लागि १० टी-२० आईमा खेल खेल्दै ६.४९ को इकोनोमीमा १५ विकेट लिएका छन् ।

१५) अनिलकुमार शाह

विकेटकिपर ब्याटर अनिलकुमार शाहले २०१८ जुलाई २९ मा लड्समा नेदरल्यान्ड्ससँगको खेलमा टी-२० आईमा डेब्यु गरेका थिए । शाहले नेपालका लागि दुई टी-२० आईमा खेल खेल्दै २३ रन बनाएका छन् ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]