नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

२०८१ बैशाख २७, बिहीबार २०:०८

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो टोली घोषणा भएको छ ।

बिहिबार वानिन्दु हसरंगाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । श्रीलंकाले अनुभवी एन्जेलो म्याथ्युजलाई टिममा समावेश गरेको छ । उनले तीन वर्षको अनुपस्थितिपछि यसै वर्षको जनवरीमा टी-२० मा पुनरागमन गरेका थिए । सन् २०१४ मा श्रीलंका च्याम्पियन बन्दा टोलीका सदस्य रहेका म्याथ्युजको यो छैटौं टी–२० विश्वकप हो ।

विश्वकपमा नेपाल र श्रीलंकाबीचको खेल जुन १२ मा छ । नेपाल र श्रीलंका समूह डि मा रहेका छन् । समूह डी मा नेपाल र श्रीलंकाको अलावा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन् । ३ जुनमा दक्षिण अफ्रिकासँग खेल्दै श्रीलंकाले विश्वकपको सुरुआत गर्नेछ ।

श्रीलंकाको टोली

वानिन्दु हसरंगा (कप्तान), चरिथ असलंका, कुशल मेन्डिस, पाथुम निसानका, कामिन्दु मेन्डिस, सदिरा समरविक्रमा, एन्जेलो म्याथ्यूज, दासुन शनका, धनञ्जय डी सिल्भा, महेश थेक्शाना, दुनिथ वेलेलेज, दुष्मंथा चमीरा, नुवान तुषारा, मथिशा पाथिराना र दिलशान मदुशङ्का

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy