अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपको पाँचौ खेलमा अफगानिस्तानले युगान्डालाई जितका लागि १ सय ८४ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको गुयनामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमानउल्लाह गुर्वाज र इब्राहिम जाद्रनले अर्धशतकीय ईनिङ खेले । गुर्वाजले ४५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ७६ तथा जाद्रनले ७६ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७० रन बनाए । पहिलो विकेटका लागि जाद्रन र गुर्वाजले ८७ बलमा १ सय ५४ रनको साझेदारी गरे ।

ओपनरले राम्रो सुरुआत दिलाए पनि मध्येक्रमका ब्याटरले खास प्रदर्शन गर्न असक्षम रहँदा अफगानिस्तानले विशाल लक्ष्य खडा गर्न सकेन ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबा र कोस्मास काईवाताले समान दुई दुई तथा अल्पस रामजानेले १ विकेट लिए ।

अफगानिस्तानको टी-२० विश्वकपमा यो लगातार सातौं सहभागीता हो । सन् २००७ मा भएको पहिलो तथा २००९ मा आयोजना भएको दोस्रो संस्करण बाहेक अफगानिस्तानले हरेक संस्करणमा सहभागीता जनाएको छ । यस पटक वरियतामा अघि रहेरका कारण अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।

युगान्डाले भने पहिलो पटक विश्वकपमा सहभागीता जनाउँदै छ । युगान्डा अफ्रिका महादेश छनोटबाट छानिएर विश्वकपमा आएको हो ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]