नेपालसँग खेल्ने बंगलादेशको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादेशको टोली घोषणा भएको छ ।

मंगलबार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । भने, दुई खेलाडीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

विश्वकपमा नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा छ । नेपाल र बंगलादेश समूह डि मा रहेका छन् ।

समूह डी मा नेपाल र बंगलादेशको अलावा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंका छन् । ८ जुनमा श्रीलंकासँग खेल्दै बंगलादेशले विश्वकपको सुरुआत गर्नेछ ।

बंगलादेशको टोली

नजमुल हुसैन शान्तो (कप्तान), तस्किन अहमद, लिन्टन दास, सौम्य सरकार, तन्जिद हसन तमीम, शाकिब अल हसन, तौहिद हृदय, महमुद उल्लाह रियाद, जाकर अली अनिक, तनवीर इस्लाम, शक मेहदी हसन, रिशद हुसैन, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तंजिम हसन साकिब

ट्राभलिङ रिजर्व : अफिफ हुसैन, हसन महमूद





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]