नेपालसँग खेल्ने बंगलादेशको टोली घोषणा

२०८१ जेष्ठ १, मंगलवार १९:२०

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादेशको टोली घोषणा भएको छ ।

मंगलबार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । भने, दुई खेलाडीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

विश्वकपमा नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा छ । नेपाल र बंगलादेश समूह डि मा रहेका छन् ।

समूह डी मा नेपाल र बंगलादेशको अलावा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंका छन् । ८ जुनमा श्रीलंकासँग खेल्दै बंगलादेशले विश्वकपको सुरुआत गर्नेछ ।

बंगलादेशको टोली

नजमुल हुसैन शान्तो (कप्तान), तस्किन अहमद, लिन्टन दास, सौम्य सरकार, तन्जिद हसन तमीम, शाकिब अल हसन, तौहिद हृदय, महमुद उल्लाह रियाद, जाकर अली अनिक, तनवीर इस्लाम, शक मेहदी हसन, रिशद हुसैन, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तंजिम हसन साकिब

ट्राभलिङ रिजर्व : अफिफ हुसैन, हसन महमूद

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy