बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको ईतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउँने क्रममा अफगानिस्तानले बंगलादेशमाथि जित हात पार्यो ।

सन् २०१० को दोस्रो संस्करणको टी-२० विश्वकपबाट निरन्तर सहभागी हुदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता पाएको हो ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान डकवर्थ लुईस पद्दतीमा ८ रनले विजयी भएको हो ।

अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि ४९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरका रुपमा क्रिजमा आएका दास अन्तिमसम्म क्रिजमा रहिरहँदा अर्को तर्फबाट भने निरन्तर विकेट निरन्तर गईरहँदा टोली पराजित हुन पुग्यो ।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलमा ४३ तथा इब्राहिम जाद्रानले २९ बलमा १८ रन बनाए । कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए ।

बंगलादेशका लागि रिषद होसेनले तीन तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]