नेपालका तीन क्रिकेटरले ग्लोबल टी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी–२० खेल्ने भएका हुन् ।

दीपेन्द्र र सन्दीप भान्कोउभेर नाइट्सबाट र कप्तान रोहितले भने टोरोन्टो नेसनल्सबाट प्रतियोगिता खेल्ने छन् ।

सन्दीप र दीपेन्द्रआबद्ध टिममा पाकिस्तानका कप्तान बाबर आजम, मोहम्मद रिजवान र मोहम्मद आमिरलगायत खेलाडी आबद्ध छन् ।

रोहितआबद्ध टोलीमा भने कोलिन मुन्रो तथा साहिन शाह अफ्रिदी लगायतका खेलाडी आबद्ध छन् ।

कप्तान रोहितले पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने भएका हुन् । सन्दीप र दीपेन्द्रले भने यसअघि पनि विभिन्न फ्रेन्चाईजी लिग खेलेका थिए ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]