एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा आगामी महिना आयोजना हुने महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यिय नेपाली टोलीको घोषणा गरेको हो ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ । एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको यस प्रतियोगितामा बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपमा शीर्ष चारमा रहेका टिम हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा रहेको छ । सात पटकको च्याम्पियन भारत सहित पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

नेपालको टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई,रोमा थापा





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]