एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा आगामी महिना आयोजना हुने महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यिय नेपाली टोलीको घोषणा गरेको हो ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ । एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको यस प्रतियोगितामा बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपमा शीर्ष चारमा रहेका टिम हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा रहेको छ । सात पटकको च्याम्पियन भारत सहित पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

नेपालको टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई,रोमा थापा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy