IPL इतिहासमा पर्पल क्याप जित्न सफल १० बलर

टि-२० फर्म्याटको खेलमा बलरहरुको प्रदर्शन निकै महत्वपूर्ण रहने गर्छ। बलरहरुले शानदार प्रदर्शन गर्ने टोलिहरुनै प्रतियोगितामा राम्रो नतिजा निकाल्न सफल रहेको लिगको इतिहासले प्रस्ट पार्छ। आईपीएलमा सर्वाधिक विकेट लिने बलरलाई पर्पल क्याप दिने गरिन्छ। लिगको १३ सिजन मध्ये १२ सिजनमा पर्पल क्याप जित्ने खेलाडी रहेको टिमले प्रत्येक पटक अन्तिम ४ मा स्थान बनाउन सफल भएको छ। आईपीएलको २००८ देखि २०१९ सम्मको सिजनमा पर्पल क्याप जितेका खेलाडीहरुको सूची यहाँ प्रस्तुत गरेका छौँ –

 १. शोहेल तन्विर (राजस्थान रोयल्स) , २००८ 

२००८ को सुरुवाती सिजनमा मात्र पाकिस्तानी खेलाडीहरुले आईपिएलमा सहभागी जनाउन पाएका थिए जसमा पाकिस्तानका बायाँ हाते फास्ट बलर शोहेल तन्विरले पर्पल क्याप जितेका थिए। राजस्थान रोयल्सको प्रतिनिधित्व गर्ने क्रममा तन्विरले शेन वार्नको कप्तानीमा रहेको रोयल्सलाई सुरुवाती सिजनमै उपाधी जिताउन उनले भूमिका निर्वाह गरेका थिए। १२.०९ को स्ट्राइक रेटमा सर्वाधिक २२ विकेट लिएका थिए उनले ६.५६ प्रति ओभर रन खर्चेका थिए । तन्विरले पहिलो खेलमा चेन्नाई सुपर किङ्ग्स विरुद्ध मात्र १४ रन खर्चिएर ६ विकेट लिएका थिए। आईपिएल इतिहासकै सो बलिंग स्पेल दोश्रो सर्वोत्कृष्ट बलिंग स्पेल हो। उनको रेकर्ड गत वर्ष मुम्बई इन्डीएन्सका फास्ट बलर अल्जारी जोसेफले तोडेका थिए। जोसेफले ६ विकेट लिने क्रममा सनराईजर्स हैदरावाद बिरुद्ध १२ रन मात्र खर्चेका थिए।

राजस्थानले पहिलो आईपीएल जित्ने क्रममा तन्विरले पर्पल क्याप जितेका थिए

२. आर.पी. सिंह ( डेक्कन चार्जर्स) , २००९

दक्षिण अफ्रिकामा आयोजित लिगको दोस्रो सिजनमा पनि लिग विजेता टिमकै बलरले पर्पल क्याप जितेका थिए। डेक्कन चार्जर्सको प्रतिनिधित्व गरेका बायाँ हाते फास्ट बलर रुद्र प्रताप सिंहले टोलिलाई पहिलो उपाधी दिलाउन शानदार प्रदर्शन गरेका थिए। लिगको पहिलो सिजनमा १४ खेलमा मात्र २ जित दर्ता गरेको डेक्कनलाई दोश्रो सिजन च्याम्पियन बनाउन सिंहले उत्कृस्ट बलिंग गरेका थिए। उनले सिजनको पहिलो खेलमै कोलकाता नाइट राइडर्स विरुद्ध २२ रन दिएर ४ विकेट लिएका थिए। घातक इन-स्विंगको लागि चिनिने सिंहले सिजन भर २३ विकेट हात पारेका थिए। उक्त सिजन सेमिफाइनलमा दिल्ली डेयरडेविल्स (हाल दिल्ली क्यापिटल्स) लाई हराएको उसले फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै उपाधी जितेको थियो।

३. प्रज्ञान ओझा (डेकेन चार्जर्स) , २०१० 

लिगको दोश्रो सिजन डेक्कनले उपाधि जित्ने क्रममा १८ विकेट लिंदै उल्लेखनीय प्रदर्शन गरेका बायाँ हाते स्पिनर ओझाले तेश्रो सिजन झनै उत्कृस्ट बलिंग गर्दै कूल २१ विकेट लिएर पर्पल क्याप जितेका थिए। फ्लाइट गर्न नडराउने ओझाले ब्याट्सम्यानहरुलाई लामो प्रहार गर्न लोभ्याएर आफ्नो जालमा पार्ने गर्थे। सो सिजन १६.८ को स्ट्राइक रेटमा बलिंग गरेका ओझाले टिमलाई महत्वपूर्ण विकेट दिलाउने गरेका थिए जसकारण चार्जर्सका कप्तान एडाम गिल्क्रिस्टले उनले साझेदारी तोड्न प्रयोग गर्ने गर्थे।

४. लासिथ मालिंगा (मुम्बई इन्डियन्स) , २०११ 

२०११ मा पर्पल क्याप जितेका लिग इतिहासकै सर्वाधिक विकेटकर्ता हुन्

मुम्बई इन्डियन्सले आईपिएल इतिहासमै सर्वाधिक ४ पटक जित्नमा श्रीलंकाका फास्ट बलर लासिथ मालिंगाको ठूलो हात रहेको छ। आफ्नो अद्वितीय बलिंग याक्सन र सटिक योर्करका कारण जस्तोसुकै परिस्थितिमा पनि विकेट हात पार्ने खुबी राखेका मालिंगा लिग इतिहासकै सर्वाधिक विकेटकर्ता समेत हुन्। आईपिएलको सुरुवाती सिजनबाटै राम्रो प्रदर्शन गर्दै आएका दायाँ हाते बलरले २०११ मा सर्वोत्कृष्ट बलिंग गर्दै पर्पल क्याप जितेका थिए। लिगको पहिलो खेलमै मालिंगाले दिल्ली विरुद्ध मात्र १३ रन खर्चेर ५ विकेट लिएका थिए जसको मद्दतले लिगमा २८ विकेट हात पारेका थिए। त्यस क्रममा उनले १३.३९ को स्ट्राइक रेट र ५.९५ को उत्कृस्ट इकोनोमी रेटमा बलिंग गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनको मद्दतले टिम सेमिफाइनल पुगेको थियो।

५. मोर्ने मोर्केल ( दिल्ली डेयरडेभिल्स) , २०१२ 

२०१२ मा शानदार प्रदर्शन गरेको दिल्लीले लिगमा १६ खेलमध्ये मात्र ५ खेल हारेको थियो र सेमीफाइनलको यात्रा गरेको थियो। दिल्ल्लीको सफल सिजनमा दक्षिण अफ्रिकी फास्ट बलर मोर्ने मोर्केल र भारतिय फास्ट बलर उमेश यादवले शानदार प्रदर्शन गरेका थिए। २५ विकेट लिंदै पर्पल क्याप जितेका मोर्केलले पन्जाब विरुद्ध सर्वोत्कृष्ट बलिंग स्पेल दर्ता गर्ने क्रममा २० रन खर्चेर ४ विकेट लिएका थिए।

६. ड्वेन ब्राभो (चेन्नाई सुपर किङ्ग्स) , २०१३ र २०१५ 

२०१३ मा ब्राभोले पर्पल क्याप तथा हस्सीले अरेन्ज क्याप जितेका थिए

लिग इतिहासमै दुई पटक पर्पल क्याप जित्ने पहिलो बलर ब्राभो टि-२० खेलको उत्कृष्ट बलर हुन्। २०१३ मा ब्राभोले एकै सिजन ३२ विकेट लिंदै पर्पल क्याप जितेका थिए भने लिगमा एकै सिजन ३० भन्दा बढी विकेट लिने पहिलो बलर बनेका थिए। २०१३ को सिजनमा मात्र एकै टिमका ब्याट्सम्यान र बलरले अरेन्ज र पर्पल क्याप जितेका थिए। ब्याटिंगमा चेन्नाईकै माइकल हस्सीले अरेन्ज क्याप जितेका थिए। ब्राभोले २०१५ मा पनि पुनः पर्पल क्याप जित्ने क्रममा २६ विकेट लिएका थिए।

७. मोहित शर्मा (चेन्नाई सुपर किङ्ग्स) ,  २०१४

महेन्द्र सिंह धोनी कप्तानीको टिम चेन्नाईकै बलरले २०१४ को सिजनमा पनि पर्पल क्याप जितेका थिए। फास्ट बलर मोहित शर्माले २३ विकेट हात पार्दै व्यक्तिगत उपलब्धि हँसिल गरेता पनि चेन्नाई क्वालिफायरमा पन्जाबसँग पराजित हुँदै बाहिरिएको थियो। २०१३-१५ सम्म भारतको पहिलो रोजाइका बलरको रुपमा रहेका मोहितले सिएसकेको लागि राम्रो प्रदर्शन गरेका थिए।

८. भुवनेश्वर कुमार (सनराइजर्स हैदराबाद) , २०१६ र २०१७

भुवनेश्वरले लगातार २ सिजन पर्पल क्याप जितेका थिए

२०१६ को सिजनमा आईपिएल इतिहासकै दुई सफल टिम चेन्नाई र राजस्थानमाथी दुई वर्षको प्रतिबन्ध लागेपछि राइजिङ पुने सुपर जायन्ट्स र गुजरात लायन्सले प्रतिस्थापन गरेका थिए। सोही सिजन सनराइजर्स हैदराबादले पहिलो आईपिएल उपाधी हात पारेको थियो जसका लागि भारतिय फास्ट बलर भुवनेश्वर कुमारले २३ विकेट लिंदै पर्पल क्याप जितेका थिए। उक्त सिजन उनले गुजरात लायन्स विरुद्ध २९ रन खर्चेर ४ विकेट लिएका थिए।

धारिलो स्विंगका लागि चिनिने कुमारले २०१७ मा पुनः  पर्पल क्याप जित्दै लिग इतिहासमा ब्राभो पछि दोश्रो खेलाडी बनेका थिए। सोही सिजन एउटै टिमको ब्याट्सम्यानले ओरेन्ज क्याप (डेभिड वार्नर) र बलरले पर्पल क्याप दोस्रो पटक जित्न सफल भएका थिए। कुमारले २०१७ को सिजनमा २६ विकेट लिएका थिए जुन क्रममा ७.०८ रन प्रतिओभर खर्चेका थिए। हैदराबादले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

९. एन्ड्रयु टाइ (किङ्ग्स-११ पन्जाब) ,२०१८ 

२०१८ मा अष्ट्रेलियन फास्ट बलर एन्ड्रयु टाइले पर्पल क्याप जितेका थिए। गतिको मिश्रण गर्दै बलिंग गर्ने टाइले २४ विकेट लिएका थिए। उनले त्यस सिजन ४ वटा खेलमा ४ विकेट लिएका थिए जुन क्रममा मुम्बई विरुद्ध १६ रन खर्चेर ४ विकेट लिदै ब्यक्तिगत उत्कृस्ट बलिंग स्पेल दर्ता गरेका थिए। टाइको प्रदर्शन बाबजुद पन्जाब लिगमा सातौं स्थानमा रहेको थियो। पर्पल क्यापको दौडमा उनले सनराइजर्स हैदराबादका लेग स्पिनर राशिद खान र फास्ट बलर सिद्धार्थ कौललाई ३ विकेटले पछि पारेका थिए। उक्त सिजनको आईपिएल उपाधी चेन्नाई सुपर किङ्ग्सले जितेको थियो।

१०. इमरान ताहिर (चेन्नाई सुपर किङ्ग्स) , २०१९

दक्षिण अफ्रिकाका भेट्रान लेग स्पिनर इमरान ताहिरले २०१९ मा पर्पल क्याप जितेका थिए। चेन्नाईको प्रतिनिधित्व गर्दै पर्पल क्याप जित्ने उनि लिग इतिहासकै ड्वेन ब्राभो र मोहित शर्मा पछि तेश्रो खेलाडी थिए। २६ विकेट हात पारेका ताहिरको प्रदर्शन मद्दतले चेन्नाई फाइनलसम्म पुगेको थियो। सिजनको पहिलो खेलमै बिराट कोहलीको नेतृत्वमा रहेको बैंगलोर विरुद्ध मात्र ९ रन खर्चेर ३ विकेट लिएका थिए। ताहिरले पर्पल क्यापको दौडमा दक्षिण अफ्रिकाकै तिव्र गतिका बलर कागिसो रबाडालाई मात्र १ विकेटले पछि पारेका थिए।

यो पनि पढ्नुस : 

https://wicketnepal.com/ipl-winners-all-list-wn20/

https://wicketnepal.com/mi-can-beat-dc-5-reason-wn20/

https://wicketnepal.com/mi-vs-dc-final-prev-wn20-ipl/

https://wicketnepal.com/rabada-react-after-2nd-qf-vs-srh-wn20/





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]