पाँचपोखरी टी-ट्वान्टी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता फागुन १२ देखि

काठमाडौं । छैटौं संस्करणको पाँचपोखरी टी-ट्वान्टी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता फागुन १२ बाट तल्लो मुलपानी मैदानमा आयोजना हुने भएको छ ।

पाँचपोखरी थाङ्पाल गाँउपालीकाको आयोजनामा हुने यस प्रतियोगिता फागुन १९ सम्म संचालन हुनेछ । प्रतियोगितामा गत संस्करणसम्म जिल्ला भित्रका मात्र खेलाडी समावेश हुदै आएका थिए । तर, यस संस्करणबाट भने सहभागी रहने टोलीले एक जना उमेर समूह तथा सिनियर टोलीबाट खेलिसकेका खेलाडी समावेश गर्न सक्नेछन् ।

यस प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न आठ टोलीको सहभागीता रहने छ । सुरुआतका तीन संस्करण थाङ्पालधाप गाँउपालिकामा संचालन भए पनि दुई संस्करण देखि मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुदै आएको छ । आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताका विजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित १ लाख नगद प्राप्त गर्नेछ । उपविजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर तथा अलराउन्डरले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष तथा उत्कृष्ट बलर र ब्याटरलाई ६ महिना निशुल्क प्रशिक्षणको समेत व्यवस्था गर्नेछ ।

थाङ्पालधाप गाँउपालिकाले स्थानिय दुई खेलाडीलाई उच्च स्तरिय प्रशिक्षणका लागि भारत पठाएको अध्यक्ष टासी लामा ह्योल्मोले बताउनु भयो । गाउँपालीका स्थानिय तहमा खेलकुदलाई विकासमा हरेक कोसिस गरिरहेको ह्योल्मोले बताउँनु भयो ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]