प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

२०८१ फाल्गुन ४, आईतवार १९:२३

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्।

मुलपानी मैदानमा सम्पन्न आइतबारको पहिलो खेलमा जनप्रेमी स्पोर्ट्स क्लबले पासा क्रिकेट टिमलाई ८ विकेटले पराजित गर्यो। १७८ रनको लक्ष्य जनप्रेमीले १९. २ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

जनप्रेमीको जितमा प्लेयर अफ द म्याच घोषित रोहित शर्माले सर्वाधिक ९५ रन बनाए। यस्तै आकाश शाहले ३७ तथा बिबेक यादवले २० रन बनाए। पासाको ब्याटिंगमा अभिषेक सिंगले ५७, प्रितम श्रेष्ठले ३२ तथा भुपेन्द्र आचार्यले २४ रन बनाए।

आजको दोश्रो खेलमा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले ख्वोपा क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्यो। ८३ रनको लक्ष्य हिमालयनले मात्र १ विकेट गुमाएर ८.४ ओभरमै भेटायो।

हिमालयनको जितमा बलिंगतर्फ सुमन हुमागाईंले मात्र ८ रन खर्चेर ३ विकेट लिए जो प्लेयर अफ द म्याच घोषित भए। यस्तै विस्वास श्रेष्ठले २ विकेट लिए। हिमालयको ब्याटिंगमा गौरव मनि पालले ३६ रन बनाए।

भक्तपुर छनोटको खेलहरु मुलपानी क्रिकेट मैदानमा जारी छ। प्रतियोगितामा १२ टोलिको सहभागिता छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy