नेपाललाई जितको लागि २१६ रनको लक्ष

  • विकेटनेपाल, असोज ९

भारतको चेन्नाई भ्रमण अन्तर्गत चौथो अभ्यास खेलमा सेन्टर अफ स्पोर्ट्स साइन्सले पहिले ब्याटिंग गर्दै नेपाललाई २१६ रनको लक्ष दिएको छ । पुरै ५० ओभर ब्याटिंग गरेको स्थानीय टिमले सबै विकेट गुमाउदै उक्त योगफल बनाएको हो ।

टस जितेको स्थानीय टिमको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका विलिंकस् भिक्टरले सर्बाधिक ७४ रनको योगदान दिएका थिए । उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे l यस्तै ओपनर अनन्थले ४५ रन बनाए जसमा ४ चौका र १ छक्का सामेल थियो ।

नेपालको लागि देब्रे हाते स्पिनर सुसन भारिले सर्बाधिक ३ तथा करन केसी र सन्दिप लामिछानेले २/२ विकेट हात पारेका थिए ।  भारिले ९ ओभरमा १ मेडन ओभर सहित मात्र २६ रन खर्चेका थिए । सेन्टर अफ स्पोर्ट्स साइन्सले २४ अतिरिक्त रन पाएको थियो ।

सुशन भारिले 3 विकेट हात पारे

खेलको स्कोर अपडेट यो लिंकमा र विकेटनेपालको फेसबुक पेजमा समेत हेर्नसक्नु हुनेछ ।

नेपालले हालसम्म भ्रमणमा खेलेको ३ वटै अभ्यास खेलमा जित हाँसिल गरिसकेको छ। पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरे टिमले दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको थियो ।

टिम सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy