नेपाललाई जितको लागि २१६ रनको लक्ष

Nepal Cricket Team
  • विकेटनेपाल, असोज ९

भारतको चेन्नाई भ्रमण अन्तर्गत चौथो अभ्यास खेलमा सेन्टर अफ स्पोर्ट्स साइन्सले पहिले ब्याटिंग गर्दै नेपाललाई २१६ रनको लक्ष दिएको छ । पुरै ५० ओभर ब्याटिंग गरेको स्थानीय टिमले सबै विकेट गुमाउदै उक्त योगफल बनाएको हो ।

टस जितेको स्थानीय टिमको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका विलिंकस् भिक्टरले सर्बाधिक ७४ रनको योगदान दिएका थिए । उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे l यस्तै ओपनर अनन्थले ४५ रन बनाए जसमा ४ चौका र १ छक्का सामेल थियो ।

नेपालको लागि देब्रे हाते स्पिनर सुसन भारिले सर्बाधिक ३ तथा करन केसी र सन्दिप लामिछानेले २/२ विकेट हात पारेका थिए ।  भारिले ९ ओभरमा १ मेडन ओभर सहित मात्र २६ रन खर्चेका थिए । सेन्टर अफ स्पोर्ट्स साइन्सले २४ अतिरिक्त रन पाएको थियो ।

सुशन भारिले 3 विकेट हात पारे

खेलको स्कोर अपडेट यो लिंकमा र विकेटनेपालको फेसबुक पेजमा समेत हेर्नसक्नु हुनेछ ।

नेपालले हालसम्म भ्रमणमा खेलेको ३ वटै अभ्यास खेलमा जित हाँसिल गरिसकेको छ। पहिलो अभ्यास खेलमा डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरे टिमले दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै तेश्रो अभ्यास खेलमा शनिबार तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको थियो ।

टिम सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]