प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

२०८१ फाल्गुन ५, सोमबार २०:१६

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्।

मुलपानी मैदानमा जारि प्रतियोगिताको चौंथो दिनको पहिलो खेलमा बिएमसीएले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ४ रनले पराजित गर्यो। ११७ रनको लक्ष्य पछ्याएको एक्सिलेन्स सेन्टरले २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउन सक्यो।

प्लेयर अफ द म्याच घोषित बिएमसीएका सक्रिय प्रताप कार्कीले २६ रन बनाउनुको साथै २ विकेट पनि लिए। बिएमसीको लागि सर्बोच्च बस्नेतले २६ तथा सार्थक न्यौपानेले ३ तथा संदेश कार्कीले २ विकेट लिए। एक्सिलेन्स सेन्टरका सन्दिप बिस्टले ३९ रन तथा सुबाश खत्रीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन।

आजको दोश्रो खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्टले रोबुस्ट क्रिकेट टिमलाई ६ विकेटले पराजित गर्यो। ९८ रनको लक्ष्य हिमालयनले १७ ओभरमा भेटायो।

प्लेयर अफ द म्याच घोषित हिमालयका सुमन हुमागाईंले सर्वाधिक ३ विकेट लिए भने ब्याटिंगमा गौरभ मनि पालले ३५ रन बनाए।

भक्तपुर छनोटको खेलहरु मुलपानी क्रिकेट मैदानमा जारी छ। प्रतियोगितामा १२ टोलिको सहभागिता छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy