कोशी प्रिमियर लिग : टाइगर्स र किंग्स विजयी, एनबिएससी २६ रनमै समेटियो

सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा बलान बिहुल सप्तरी टाइगर्स  र पुर्बेली सुपर किंग्स विजयी भएका छन्।

डक्टर खलिल आजाद क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बलान बिहुल सुपर सुपर किंग्सले भोक्राहा नरसिंह अर्नाजलाई ३२ रनले पराजित गर्यो। १२५ रनको लक्ष्य पछ्याउने क्रममा अर्नाजले ९२ रन मात्र बनाउन सक्यो।

बलान बिहुलको बलिंगमा राम नरेश गिरि एक्लैले ५ विकेट लिए जुन क्रममा उनले ३. ३ ओभरमा १७ रन खर्चिए। बिशाल सुशलिंग र अभिषेक कार्कीले समान २ विकेट लिए। रुपेश सिंहले १ विकेट लिए। अर्नाजको ब्याटिंगमा सन्दिप ढुंगानाले सर्वाधिक २५ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनायो। उसको लागि बिशाल सुशलिंगले सर्वाधिक ३० रन बनाए। कप्तान रोहन बिकले २२, अरनिको यादवले २१ रन बनाए। अर्नाजको बलिंगमा सन्दिप ढुंगाना र रोहन शाहले समान ३ विकेट, हेमन्त धामीले २ विकेट तथा शेर मल्लले १ विकेट लिए।

एनबिएससी लायन्सको लज्जास्पद हार 

आजको दोश्रो खेलमा पुर्बेली किंग्सले एनबिएससी लायन्सलाई ९ विकेटले पराजित गर्यो। लायन्सले दिएको २७ रनको लक्ष्य किंग्सले ४ ओभरमै भेटायो।  किंग्सका सुमन गहतराजले १८, अर्जुन साउदले ११ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरको लायन्सले १३. ३ ओभरमा २६ रनमा सबै विकेट गुमायो।

Diwan Pun

लायन्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। २४ रनमा ४ विकेट गुमाएको अवस्थाबाट उसले अन्तिम ६ विकेट मात्र २ रन योगफलमा जोड्दा गुमाउन पुग्यो। उसका अन्तिमका ४ ब्याटरले रन बनाउन सकेनन् भने कुल ५ ब्याटर खाता नखोली आउट भए। लायन्सका प्रदिप पासवानले सर्वाधिक ६ रन बनाए। निरज मुखिया र कृतिक कामतले समान ५ रन बनाए।

पुर्बेली किंग्सको बलिंगमा प्लेयर अफ द म्याच घोषित दिवान पुनले ४ विकेट लिए जुन क्रममा ३. ३ ओभरमा ७ रन मात्र खर्चिए। सौगात भट्टराईले ३, कप्तान ललित राजबंशीले २ तथा मुकुन्द यादवले १ विकेट लिए।

अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy