कोशी प्रिमियर लिग : टाइगर्स र किंग्स विजयी, एनबिएससी २६ रनमै समेटियो

सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा बलान बिहुल सप्तरी टाइगर्स  र पुर्बेली सुपर किंग्स विजयी भएका छन्।

डक्टर खलिल आजाद क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बलान बिहुल सुपर सुपर किंग्सले भोक्राहा नरसिंह अर्नाजलाई ३२ रनले पराजित गर्यो। १२५ रनको लक्ष्य पछ्याउने क्रममा अर्नाजले ९२ रन मात्र बनाउन सक्यो।

बलान बिहुलको बलिंगमा राम नरेश गिरि एक्लैले ५ विकेट लिए जुन क्रममा उनले ३. ३ ओभरमा १७ रन खर्चिए। बिशाल सुशलिंग र अभिषेक कार्कीले समान २ विकेट लिए। रुपेश सिंहले १ विकेट लिए। अर्नाजको ब्याटिंगमा सन्दिप ढुंगानाले सर्वाधिक २५ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनायो। उसको लागि बिशाल सुशलिंगले सर्वाधिक ३० रन बनाए। कप्तान रोहन बिकले २२, अरनिको यादवले २१ रन बनाए। अर्नाजको बलिंगमा सन्दिप ढुंगाना र रोहन शाहले समान ३ विकेट, हेमन्त धामीले २ विकेट तथा शेर मल्लले १ विकेट लिए।

एनबिएससी लायन्सको लज्जास्पद हार 

आजको दोश्रो खेलमा पुर्बेली किंग्सले एनबिएससी लायन्सलाई ९ विकेटले पराजित गर्यो। लायन्सले दिएको २७ रनको लक्ष्य किंग्सले ४ ओभरमै भेटायो।  किंग्सका सुमन गहतराजले १८, अर्जुन साउदले ११ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरको लायन्सले १३. ३ ओभरमा २६ रनमा सबै विकेट गुमायो।

Diwan Pun

लायन्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। २४ रनमा ४ विकेट गुमाएको अवस्थाबाट उसले अन्तिम ६ विकेट मात्र २ रन योगफलमा जोड्दा गुमाउन पुग्यो। उसका अन्तिमका ४ ब्याटरले रन बनाउन सकेनन् भने कुल ५ ब्याटर खाता नखोली आउट भए। लायन्सका प्रदिप पासवानले सर्वाधिक ६ रन बनाए। निरज मुखिया र कृतिक कामतले समान ५ रन बनाए।

पुर्बेली किंग्सको बलिंगमा प्लेयर अफ द म्याच घोषित दिवान पुनले ४ विकेट लिए जुन क्रममा ३. ३ ओभरमा ७ रन मात्र खर्चिए। सौगात भट्टराईले ३, कप्तान ललित राजबंशीले २ तथा मुकुन्द यादवले १ विकेट लिए।

अंकतालिका 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]