एनकासा इन्टर फर्म क्रिकेट : सुब्रत एस. एण्ड एसोसिएट्स, एचबिए, केजे एण्ड एसोसिएट्स र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार चौंथो दिन चारवटा खेलहरु सम्पन्न भएका छन्।

किर्तिपुर स्थित ल्याब मैदानमा जारि प्रतियोगिता अन्तर्गत आज सुब्रत एस. एण्ड एसोसिएट्स, एचबिए, केजे एण्ड एसोसिएट्स र केएएसए युपीबि युथ्स विजयी भएका छन्।

आजको पहिलो खेलमा सुब्रत एस. एण्ड एसोसिएट्स ( SUBRAT S. & ASSOCIATES ) ले केबिएसआरलाई ( KBSR ) २८ रनले पराजित गर्यो। ७४ रनको लक्ष्य पछ्याएको केबिएसआरले ४५ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित भएका सुब्रत एस.  एण्ड एसोसिएट्सका देभेन्द्र चन्दले ३ विकेट लिए।

आजको दोश्रो खेलमा एचबिए ( HBA ) ले आयोजक टिमलाई ५२ रनले पराजित गर्यो। १०४ रनको लक्ष्य पछ्याएको आयोजक टिमले ५१ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित खकेन्द्र पाण्डेले ३ विकेट लिए।

आजको तेश्रो खेलमा एचएचए एण्ड एसोसिएट्सले ( SHA ASSOCIATES ) केजे एण्ड एसोसिएट्सलाई ( KJ & ASSOCIATES ) ७ विकेटले पराजित गर्यो। ५९ रनको लक्ष्य केजेले ५ ओभरमै भेटायो। प्लेयर अफ द म्याच घोषित बिपुल निरौलाले अविजित ३४ रन बनाए।

आजको चौंथो खेलमा केएएसए युपीबि युथ्सले ( KASA UPB YOUTHS ) सुजन काफ्ले एण्ड एसोसिएट्सलाई ७ विकेटले पराजित गर्यो। प्लेयर अफ द म्याच घोषित किशोर पुजाराले १८ रन बनाए।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]