एसपिए कैलाली प्रिमियर लिग : लगातार दोश्रो जितका साथ गोदावरी सेमिफाइनलमा प्रवेश

फाल्गुन ०९,धनगढी

धनगढीको फाप्ला खेल मैदानमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को पाँचौ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ । प्रतियोगीतामा दोश्रो खेल खेलेको गोदावरी ५ विकेटको जीत निकाल्दै सेमिफाइन प्रवेश गरेको छ । पुर्नवास नगरपालिका ए भने लगातार दोश्रो खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको छ । पुर्नवास नगरपालिका ए ले दिएको ५९ रनको लक्ष्य गोदावरी नगरपालिकाले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गोदावरीका लागि आयुश खड्काले अविजित २० रन बनाए । त्यस्तै गजेन्द्र बोहराले १७ रनको योगदान दिए । हृदय बिठारी ७ रनमा अविजित रहे । । पुर्नवास नगरपालिका ए का लागि पारस सुनार,पारस शाही र कप्तान अविनास सिंहले समान एक एक विकेट लिए ।

त्यसअघि पुर्नवास नगरपालिका ए ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । खराब मौसमका कारण ८ ओभरमा छोट्याइएको खेलमा पुर्नवास ए ले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । पुर्नवास ए का कप्तान अविनास सिंहले सर्वाधिक ३१ रनको बनाए भने पारस पारस शाहीले १३ रन बनाए ।

गोदावरी नगरपालिकाका लागि शुशिल साउँदले करियरकै उत्कृष्ट बलिङ गरे । १ ओभर बलिङ गरेका साउँदले १ रन खर्चेर ४ विकेट चट्काए । उनी म्यान अफ दी म्याच चुनिए । त्यस्तै गजेन्द्र बोहराले २ विकेट लिदा खडक बोहराले १ विकेट लिए ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]