एनकासा इन्टर फर्म क्रिकेट : केबिएसआर, एचबिए, केजे एण्ड एसोसिएट्स र केएएसए युपीबि युथ्स विजयी

२०८१ फाल्गुन ९, शुक्रबार १९:४३

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार चारवटा खेल सम्पन्न भएका छन्।

किर्तिपुर स्थित ल्याब मैदानमा जारि प्रतियोगिता अन्तर्गत पहिलो खेलमा केबिएसआर, एचबिए, केजे एण्ड एसोसिएट्स र केएएसए युपीबि युथ्स विजयी भएका छन्।

आजको पहिलो खेलमा केबिएसआरले एसपीएसए एसोसिएट्सलाई ४८ रनले पराजित गर्यो। १०५ रनको लक्ष्य पछ्याएको एसपीएसए एसोसिएट्सले ५६ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित नितिन शेखरले ३२ रन बनाउनुको साथै ३२ रन पनि बनाए भने कृष अधिकारीले ४३ रन बनाए।

आजको दोश्रो खेलमा एचबिएले एपीए एभेन्जर्सलाई ५५ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याएको एभेन्जर्सले २४ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित त्रिलोचन भट्टराईले ३ विकेट लिए।

आजको तेश्रो खेलमा एनएआरएस एण्ड केएमयुले केजे एण्ड एसोसिएट्सलाई ५ विकेटले पराजित गर्यो। प्लेयर अफ द म्याच घोषित आशुतोष यादवले २ विकेट लिए भने सुरज पाण्डेले ३० रन बनाए।

आजको चौंथो खेलमा केएएसए युपीबि युथ्सले एसएचए एसोसेट्सलाई ८ रनले पराजित गर्यो। प्लेयर अफ द म्याच घोषित सचित यादवले २ विकेट लिनुको साथै २२ रन पनि बनाए।

अंकतालिका 

९ दिन सम्म चल्ने प्रतियोगितामा १३ टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy