अर्जुन ट्रफीः बोष्टन झापाको जितले डडेल्धुरा र धनगढी सेमिफाईनलमा

कैलाली, माघ २३

क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाईनल पुुगेका छन् ।

समुह ए मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि रोमाञ्चक सहित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् ।

समुह ए मा समान चार अंक रहेको फेण्ड्स युथ क्लब डडेल्धुरा दुई खेलमा दुई जित सहित रनरेटको आधारमा शिर्ष स्थानमा रहेको छ । डिसिए धनगढी तीन खेलमा दुई जित र एक हार सहित समुहको दोस्रो स्थानमा रहेको छ । तीन खेलमा दुई हार र एक जित सहित बोष्टन क्रिकेट झापा दुई अंक सहित तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ । समुह ए मा फेण्ड्स युथ क्लब डडेल्धुरा र घोडाघोडी–११ ले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा घोडाघोडी–११ ले जित हात पार्दा पनि शिर्ष दुई भित्र नपर्ने भएकोले डडेल्धुरा र धनगढी अन्तिम चारमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको पाचौं दिनको दोस्रो खेलमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बोष्टन क्रिकेट झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ६१ रन बनायो । झापाका लागि रोशन शाहले विष्फोटक पारी खेल्दै १५ बलमा ४१ रन बनाए । उनले ५ छक्का र एक चौका प्रहार गरे । यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए । घोडाघोडी–११ का लागि शेर मल्लले दुई विकेट लिए । नरवहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले एक एक विकेट लिए ।

एक सय ६२ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी–११ ले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ६० रन मात्रै बनाउन सक्यो ।

उसका लागि दिनेश रावतले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको मदत्तमा ५ छक्का र चार चौका हिर्काएका थिए । यस्तै आयुव चन्दले २४ रन, दिपक टमाट्टाले १९ रन र कप्तान शेर मल्लले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । झापाका लागि अभिषेक कार्कीले ३ विकेट लिए । अरुण ऐरी र रमेश भट्टले एक एक विकेट लिए । खेलमा १५ बलमा ४१ रन बनाएका झापाका रोशन शाह नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

यस्तै बुधबार विहान भएको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंले पहिलो जित दर्ता गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको पाचौं दिन भएको पहिलो खेलमा जित हात पार्दै सिईसी काठमाण्डौंले जित हासिल गरेको हो ।

सिईसी काठमाण्डौंले न्यु होराईजन बुटवलमाथि ६ विकेटको जित दर्ता गरेको हो । यसअघि मंगलबार भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रन अन्तरले हराउँदै न्यु होराईजन बुटवलले पहिलो खेलमा जित हात पारेको थियो भने सिईसी काठमाण्डौं सिवाईसी अत्तरियासँग पराजित भएको थियो ।

समुह बी मा दुई खेलमा दुई जित हासिल गर्दै चार अंक सहित सिवाईसी अत्तरिया अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । बुटवल र काठमाण्डौले समान दुई खेलमा एकमा जित र एकमा हार व्यहोर्दै दुई दुई अंक जोडेका छन् । रनरेटमा बुटवल दोस्रो र काठमाण्डौं तेस्रो स्थानमा रहेको छ ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १०० रन बनायो । बुटबलका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३७ रन बनाए । बुटवलका लागि दिलिप नाथले १८ रन, आरिफ खानले १४ र विप्रसन केसीले अविजित ११ रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा तीन जना खेलाडीले खाता समेत खोल्न सकेनन् । काठमाण्डौंका लागि राज शाह र सुर्य तामाङले समान तीन विकेट लिए । नन्दन यादवले दुई र दिपेन्द्र रावतले एक विकेट लिए ।

१०१ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौले १७.४ ओभरमा ४ विकेट क्षतिमा विजय लक्ष्य भेट्टायो । टीमलाई जिताउन शुभ कंसाकारले अर्धशतकीय पारी खेले । ४७ बलको सामना गरेका उनले ५ छक्का र एक चौकाको मदत्तले अविजित ५७ रन बनाए । काठमाण्डौलाई जिताउन शुभम तिवारीले २३ रन बनाए । बुटबलका लागि तुलवहादुर थापाले दुई विकेट लिए भने वीर मगर र निर्मल गुरुङले एक एक विकेट लिए । खेलमा अर्धतकीय पारी खेल्दै काठमाण्डौंलाई जिताएका शुभ कंसाकार नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा घोडाघोडी–११ र फेण्ड्स युथ क्लब डडेल्धुरा खेल्नेछन् ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]