२३ फोटोमा हेर्नुस कसरि हुँदैछ नेपालको टि-२० विश्वकप छनोट तयारी

फेब्रुअरी १७ तारिख देखि ओमानमा आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिताको लागि नेपाली क्रिकेट टिम टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा अभ्यासरत छ।

प्रशिक्षक पुबुदु दासानायेके खेलाडीहरु प्राविधिक पाटोमा काम गरिरहेका छन्। उनि ब्याट्सम्यानहरुलाई फरक सटहरुको ड्रिल तथा बलरहरुलाई स्पटिंग अभ्यास गराइरहेका छन्। संगै दैनिक जसो आफ्नै खेलाडीहरु बीच सिनारियो अभ्यास खेल समेत खेलाइरहेका छन्।

अभ्यासमा कोभिड-१९ ले भने वाधा गरेको छ। कप्तान सन्दिप लामिछाने सहित ज्ञानेन्द्र मल्ल, कमल सिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, अविनाश बोहरा, अरिफ शेख सोमबार मैदानमा उपस्थित थिएनन्। सबै खेलाडीहरु कोभिड-१९ संक्रमित भएको बताईएको छ। सबै खेलाडीहरु एक-दुई दिनमा मैदानमा उपस्थित हुने विश्वास टिम व्यवस्थापनको छ।

विश्वकप छनोट पछि विश्वकप लिग-२ को खेलहरु समेत हुन सक्ने हुँदा त्यसलाई मध्यनजर गरेर घोषित १६ सदस्यीय टिम बाहेकका खेलाडीहरु पनि अभ्यासमा सामेल छन्। बिनोद भण्डारी, गुल्सन झा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब पनि अभ्यासमा सामेल छन्।

आइतबार नेपाल पुगेका भारतीय फिल्डिंग कन्सल्टेन्ट रघु राम श्रीनिवास पनि मैदानमा उपस्थित थिए। भारतबाट आएका दुई फास्ट बलर पनि अभ्यासमा सामेल छन्।

विश्वकप छनोट अघि नेपालले अभ्यास स्वरूप आयरल्याण्ड, ओमान र युएईसंग चौकोणीय टि-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ। सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग, दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ। विश्वकप छनोटमा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा, दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा तथा तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा खेल्नेछ।

फोटोहरुमा हेर्नुस नेपालको अभ्यास





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]