२३ फोटोमा हेर्नुस कसरि हुँदैछ नेपालको टि-२० विश्वकप छनोट तयारी

२०७८ माघ १८, मंगलवार ०७:५५

फेब्रुअरी १७ तारिख देखि ओमानमा आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिताको लागि नेपाली क्रिकेट टिम टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा अभ्यासरत छ।

प्रशिक्षक पुबुदु दासानायेके खेलाडीहरु प्राविधिक पाटोमा काम गरिरहेका छन्। उनि ब्याट्सम्यानहरुलाई फरक सटहरुको ड्रिल तथा बलरहरुलाई स्पटिंग अभ्यास गराइरहेका छन्। संगै दैनिक जसो आफ्नै खेलाडीहरु बीच सिनारियो अभ्यास खेल समेत खेलाइरहेका छन्।

अभ्यासमा कोभिड-१९ ले भने वाधा गरेको छ। कप्तान सन्दिप लामिछाने सहित ज्ञानेन्द्र मल्ल, कमल सिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, अविनाश बोहरा, अरिफ शेख सोमबार मैदानमा उपस्थित थिएनन्। सबै खेलाडीहरु कोभिड-१९ संक्रमित भएको बताईएको छ। सबै खेलाडीहरु एक-दुई दिनमा मैदानमा उपस्थित हुने विश्वास टिम व्यवस्थापनको छ।

विश्वकप छनोट पछि विश्वकप लिग-२ को खेलहरु समेत हुन सक्ने हुँदा त्यसलाई मध्यनजर गरेर घोषित १६ सदस्यीय टिम बाहेकका खेलाडीहरु पनि अभ्यासमा सामेल छन्। बिनोद भण्डारी, गुल्सन झा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब पनि अभ्यासमा सामेल छन्।

आइतबार नेपाल पुगेका भारतीय फिल्डिंग कन्सल्टेन्ट रघु राम श्रीनिवास पनि मैदानमा उपस्थित थिए। भारतबाट आएका दुई फास्ट बलर पनि अभ्यासमा सामेल छन्।

विश्वकप छनोट अघि नेपालले अभ्यास स्वरूप आयरल्याण्ड, ओमान र युएईसंग चौकोणीय टि-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ। सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग, दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ। विश्वकप छनोटमा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा, दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा तथा तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा खेल्नेछ।

फोटोहरुमा हेर्नुस नेपालको अभ्यास

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy