मिथिला कप : बिराट र मिकु चम्किंदा बजाज युथ सेमीफाइनलमा 

फुलबारी क्रिकेट क्लब सुनसरीलाई पराजित गर्दै बजाज युथ एकेडेमी, सप्तरी चौंथो संस्करणको मिथिला कप टि-२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। यस अघि कलैया क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरिसकेको छ।

राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा शुक्रबार सम्पन्न दोश्रो क्वार्टरफाइनलमा बजाज युथले दिएको १३० रनको लक्ष्य पछ्याएको फुलबारी क्लबले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२१ रन मात्र बनायो।

फुलबारीको लागि राकेश सोनीले सर्वाधिक २७, रबिन मण्डलले २२ तथा समिर तिम्सिनाले अविजित २० रन बनाए।

बजाज युथका बलर मिकु मण्डलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। नितेश यादवले २ तथा मोहम्मद हुसेन र बिपिन खत्रीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज युथ एकेडेमी सप्तरीले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १२९ रन बनायो।

बजाज युथको लागि प्लेयर अफ द म्याच घोषित बिराट डाँगीले सर्वाधिक ४१ रन योगदान दिने क्रममा ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे। पपु यादवले २७ बलमा ३ छक्का मद्दतले अविजित २७ रन बनाए। ५४ रनमा ६ विकेट गुमेको अवस्थामा डाँगी र यादवले सातौँ विकेटको लागि ६१ रनको साझेदारी गरे। त्यस अघि ओपनर विशाल यादवले २९ रन बनाएका थिए।

फुलबारी क्लबको बलिंगमा सोनु मण्डल, समिर तिम्सिना, शिभान यादव, आशिष मण्डल र प्रकाश कार्कीले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार हुने एक मात्र खेलमा एसके स्पोर्ट्स सप्तरी र जेवाईसी सर्लाही बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy