दंगाली लायन्सलाई दाङ क्रिकेट लिग सिजन-२ को उपाधि, बसिर सर्वोत्कृष्ट  

२०८० फाल्गुन १९, शनिबार १६:१५

दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ।

दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्यो। स्कोरकार्ड

घोराही क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा दंगाली लायन्सले दिएको १०८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।

तुलसीपुर रोयल्सको ब्याटिंगमा रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए। यस्तै बिपिन खत्री, बिर बहादुर घर्ति मगर, प्रकाश जैसीले समान २ विकेट तथा शंकर रानाले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो।

दंगालीको लागि कप्तान बिपिन खत्रीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रन बनाए।

बलिंगतर्फ तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २३ रन खर्चिए। रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नबिन बिकले १/१ विकेट लिए।

उपाधि सहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद घोषित भए। यस्तै प्रतियोगिताको उत्कृस्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृस्ट बलर पुरनधारा च्यालेन्जर्सका दिपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भए। प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलका प्लेयर अफ द म्याच घोषित बसिर अहमदले ५ हजार रुपैयाँ पाए।

दाङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पाँच वटा फ़्रेन्चाइज् टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy