२४ विकेट लिएका सन्दिपलाई २ महत्वपूर्ण अवार्ड

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २७ 

आईसीसी टि-२० बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन शानदार प्रदर्शन गरेका लेग स्पिनर सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन बापत २ वटा अवार्ड पाएका छन्।

प्रतियोगिताको विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट खेल्न छानिएको छ। नेपाल र सिंगापुरले ६ खेलमा ५ जित र १ बराबरी सहित समान ११/११ अंक बटुलेपनि नेट रन रेटको आधारमा अघि रहेपछि नेपाल विजेता भएको हो।

सन्दिपले प्रतियोगिताको ६ वटै खेलमा बलिङ्ग गर्दै कुल २४ विकेट लिंदै एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने रेकर्ड आफ्नो नाम गरेका छन्। उनले ६ खेलमा कुल २०.३ ओभर बलिङ्ग गर्दै ५७ रन खर्चेर २.३७ को एभरेज र ५.१ को स्ट्राइक रेटमा उक्त विकेट लिएका हुन्। यस अघि यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

सन्दिपलाई २ वटा अवार्ड 

प्रतियोगितामा अद्भुत प्रदर्शन गर्दै २४ विकेट लिए बापत सन्दिप प्रतियोगिताकै उत्कृस्ट बलर तथा प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत घोषित भएका छन्। उत्कृस्ट ब्याट्सम्यान भने सिंगापुरका सुरेन्दरन चन्द्रमोहन घोषित भए जसले ६ खेलमा १४८ रन बनाएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Player of the series )

सन्दिप पछि प्रतियोगिताकै दोश्रो धेरै विकेट लिने खेलाडी ललित राजबंशी रहे जसले ६ खेलमा ११ विकेट लिए। सुचीको १२ औं र १३ औं स्थानमा बसन्त रेग्मी र करन केसी ६/६ विकेट सहित रहेका छन्।

नेपालको सिनियर टिमको लागि डेब्यु गरेपछि सन्दिप उत्कृस्ट खेलाडी चुनिएको दोश्रो पटक हो। यस अघि यसै बर्ष बिश्व क्रिकेट लिग डिभिजन-२ मा ६ खेलमा १७ विकेट लिएपछि उनि उत्कृस्ट खेलाडी चुनिएका थिए। यु-१९ स्तरमा भने यस अघि सन्दिप गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेटनै लिंदै प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका थिए

 बिरुद्ध   विकेट स्पेल 
म्यानमार ४ विकेट ( २-०-३-४ )
मलेसिया ५ विकेट ( ४-०-२०-५ )
थाईल्याण्ड ५ विकेट ( ३-१-८-५ )
भुटान ३ विकेट ( ४-२-६-३ )
चिन ३ विकेट ( ४-१-४-३ )
सिंगापुर  ४ विकेट ( ३.३-०-१६-४

प्रतियोगितामा सहभागिता पछि सन्दिप अफगानिस्तान प्रिमियर लिगको टिम नगरहर लिओपार्डसको लागि खेल्न शुक्रबार रातिनै युएई प्रस्थान गरिसकेका छन्। लिग अन्तर्गत  उनले शनिबार रातिनै रासिद खान कप्तानीको टिम काबुल ज्वनानसंग खेल्ने कार्यक्रम रहेको छ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]