२६ रनमै समेटियो चिन

  • विकेटनेपाल, असोज २४

मलेसियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पाँचौं खेलमा चिनसंग खेल्दैछ। पुरुष क्रिकेट इतिहासमानै पहिलो पटक नेपालको सामना गरेको चिनले नेपाललाई २७ रनको विजय लक्ष्य दिएको छ।

मलेसियाको बयुमास ओभल मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको चिनले १३ ओभरमा सबै विकेट गुमाएर २६ रन मात्र जोड्न सक्यो। नेपाली स्पिनरहरुको कसिलो बलिंगको अगाडी चिनियाँ ब्याट्सम्यानहरुको सिप चल्न सकेन।

चिनले यस अघिको खेलहरुमा म्यानमारसंग ४८, भुटानसंग ४५, सिंगापुरसंग २६, थाईल्याण्डसंग ३५ रन बनाएको थियो।

चिनका लागि ओपनर ब्याट्सम्यान होंग जियांग यनले सर्वाधिक ११ रनको योगदान गरे। बसन्त रेग्मीको बलमा कप्तान ज्ञानेन्द्र मल्लको हातबाट समातिन अघि यनले २७ बलको सामना गर्दै १ चौका सहित ११ रन जोडे। यन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

चिनको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा ३ नेपाली स्पिनरहरु सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। आफ्नो ४ ओभरको कोटामा सन्दिपले १ मेडन सहित ४ रन खर्चिएर ३ विकेट हात पारे। यस्तै ललित राजबंशीले ३ ओभरमा १ मेडन सहित १२ रन तथा बसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित ५ रन खर्चिए।

प्रतियोगितामा बलियो बलिंग रहेको नेपालले यसअघिका खेलहरुमा म्यान्मारलाई २९ रन, मलेसियालाई १०० रन, थाइल्याण्डलाई १८ रन तथा भुटानलाई ३३ रनमा रोकेको थियो।

उता प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोलि चिनले ४ खेल खेल्दा ४ वटै खेलमा हारको सामना गरेको छ। अंकबिहिन चिन अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ। चिनलाई थाइल्याण्डले १० विकेटले, भुटानले ९ विकेटले, सिंगापुरले १० विकेटले तथा म्यान्मारले ८ विकेटले पराजित गरेको छ।

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]