२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

२०७८ माघ ८, शनिबार २०:३६

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। प्रशिक्षक पुबुदु दासानायेकेले प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका ३० सदस्यलाई प्रधानमन्त्री कपमा सहभागी हुन दिएका थिए। प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई समेत समाबेश गर्दै १६ सदस्यीय टिमको घोषणा गरेपछि टिमले शनिवार पहिलो दिन अभ्यास गर्यो।

टियु क्रिकेट मैदानमा सुरु भएको अभ्यासमा कप्तान सन्दिप लामिछाने बाहेक अन्य सदस्यहरु उपस्थित थिए। शुक्रबार अस्ट्रेलियाबाट नेपाल आइपुगेका सन्दिप आराम र पिसीआर परिक्षण पछि सोमबार देखि अभ्यासमा सामेल हुने छन्। बन्द प्रशिक्षणमा घोषित १६ सदस्यीय टिम बाहेक अन्य खेलाडी समेत सहभागी छन्। गुल्सन झा, सागर ढकाल, पवन सर्राफ जस्ता खेलाडी पनि सहभागी थिए। भिसा प्रक्रियाका कारण केहि खेलाडी भने अभ्यासमा सामेल थिएनन् जो आइतबार समाबेश हुनेछन्।

शनिवार प्रशिक्षक पुबुदु दासानायेकेले खेलाडीहरुको ब्याटिंग र बलिंग स्किलमा काम गरेका थिए र सोहि अनुरुपको ड्रिल अभ्यास गराएका थिए।

फोटोहरुमा हेर्नुस अभ्यास

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy