टियु मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रक्रिया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरू सञ्चालन गर्न सकिने छ।

https://youtu.be/fn8_hDkXthM?si=9ggwk_s58YQUzSEY

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy