चार्टर्ड क्रिकेट लिग : दोश्रो दिन टिम एचबिए र बिज ग्लाईडर्स विजयी

काठमाडौंको मुलपानी स्थित मुलपानी क्रिकेट मैदानमा जारि दोश्रो चार्टर्ड क्रिकेट लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा बिज ग्लाईडर्स  र टिम एचबिए विजयी भएका छन्।

दिनको पहिलो खेलमा बिज ग्लाईडर्सले एपीए एभेन्जर्सलाई ६ विकेटले पराजित गर्यो। एभेन्जर्सले दिएको ८८ रनको लक्ष्य ग्लाईडर्सले ४ विकेट क्षेतीमा भेटायो। ग्लाईडर्सको ब्याटिंगमा दिपेन सिंहले अविजित ३७, प्रभाकर ठाकुरले १५ तथा सरफराज हुसेनले १२ रन बनाए। एपीए एभेन्जको ब्याटिंगमा शिभम अर्यालले २३ तथा बिबेक चौधरीले १७ रन योगदान दिए। बिज ग्लाईडर्सका बलर सरोज शर्मा, कौशल मण्डल र सुदिप पोखरेलले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच कौशल मण्डल घोषित भए।


दिनको दोश्रो खेलमा टिम एचबिएले माउन्टेन हक्सलाई ७ विकेटले पराजित गर्यो। हक्सले दिएको १३४ रनको लक्ष्य एचबिएले ३ विकेट क्षेतीमा १९ ओभरमा भेटायो। टिम एचबिएका ओपनर अमुल रावलले अविजित ८१ रन तथा डम्बर न्यौपानेले ४२ रन बनाए। माउन्टेन हक्सको लागि कृष्ण केडीयाले ३६, अंकित अधिकारीले ३४ तथा सुजल गुप्ताले १७ रन योगदान दिए। एचबिएका बलर अमुल रावलले चार विकेट लिए। अमुल रावल खेलको प्लेयर अफ द म्याच चुनिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy