सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी,

सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब वारियर्सलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

व्याट पार्क लिडकम्बमा सम्पन्न खेलमा अभानी क्रिकेट क्लबले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाब वारियर्सले १९ ओभरमा १३७ रनमा सबै विकेट गुमायो।

अभानी क्रिकेट क्लबका बलर सन्जय पाण्डेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए। यस्तै बिरेन्द्र बिस्टले २ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। यस्तै सचिन श्रेष्ठ, प्रदिप ऐरी, सन्तोष घिमिरे र जितेन्द्र मुखियाले समान १ विकेट लिए। पन्जाबको ब्याटिंगमा सन्नी माभीले ५७ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।

यस अघि टस जितेर ब्याटिंग रोजेको अभानी क्रिकेट क्लबले १७. ४ ओभरमा १५३ रन बनाए।

अभानीको लागि सन्तोष घिमिरेले सर्वाधिक ५८ रन बनाए जुन क्रममा उनले २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।  यस्तै सचिन श्रेष्ठले १७, संदेश आचार्यले १४ र प्रदिप ऐरीले १३ रन बनाए।

पन्जाबको बलिंगमा हरपाल ढील्लोनले ३ विकेट तथा शेर सिधुले २ विकेट लिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy