यु-१९ महिला क्रिकेट : बिपिशाको अलराउन्ड प्रदर्शनमा बागमतीको लगातार दोश्रो जित

लोकेश जोशी / धनगढी

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातर दोश्रो जित निकालेको छ । बाग्मतीले सोमबार भएको आफ्नो दोस्रो खेलमा लुम्बिनी प्रदेशविरूद्ध ८७ रनको फराकिलो जित निकालेको हो ।

प्रतियोगिताको चौथो दिनको दोश्रो खेलमा बाग्मती प्रदेशले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप,बाग्मती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १३१ रन बनाउन सफल भयो। ब्याटिङतर्फ बाग्मती प्रदेशका लागि बिपिशा शाहीले सर्वाधिक ४० रनको पारी खेल्नेक्रममा ३५ बल खेल्दा ऐली यादवले पनि २१ रन बनाउनेक्रममा ३० बल तथा एलिशा खड्काले १७ रन बनाउनेक्रममा २४ बल  खेल्नपुगिन।बलिङतर्फ लुम्बिनी प्रदेशका लागि सुश्मिता भुषाल,रितिशा मानन्धर,दीपा कुँवर र सरु तिवारीले समान १/१ विकेट लिनेक्रममा क्रमशः ४ ओभर बलिङ गर्दै ३७ रन, ४ ओभर बलिङ गर्दै २१ रन,४ ओभर बलिङ गर्दै १ मेडेनसहित २२ रन तथा ४ ओभर बलिङ गर्दै १३ रन खर्चिनपुगिन।

१३२ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा १७.५ ओभर खेल्दै सम्पुर्ण विकेट गुमाउदै मात्र ४४ रन बनाउनसक्दा खेल ८७ रनले गुमाउनपुग्यो। ब्याटिङतर्फ लुम्बिनी प्रदेशका लागि कप्तान आश्मा पुलामीमगरले सर्वाधिक २७ रनको अविजित पारी खेल्नेक्रममा ५५ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकिनन।बलिङतर्फ बाग्मती प्रदेशका लागि कप्तान सोनि पाख्रीन,बिपिशा शाही र मनिषा उपाध्यायले समान ३/३ विकेट लिनेक्रममा क्रमशः २.५ ओभर बलिङ गर्दै ०४ रन, ४ ओभर बलिङ गर्दै १ मेडेनसहित ०५ रन तथा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १२ रन खर्चिदै आफ्नो टोलिलाइ लगातार दोश्रो जित  दिलाउन सफल हुँदै प्रतियोगिताको सेमिफाइनल पुर्‍याउन पनि सफल भइन।

प्रतियोगिताको चौथो दिनको दोश्रो खेलमा प्लेयर अफ दी म्याच बाग्मती प्रदेशकि बिपिशा शाही घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका महिला यू-१९ टोलि सहभागी रहेका छन।





थप समाचार

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]