ग्लोबल टि-२० : फाइनल पुग्न सोमपालको विन्नीपेग ब्राम्पटन बिरुद्ध खेल्दै

Sompal Kami

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा अन्तर्गत दोश्रो क्वालीफायर खेलमा सोमपाल कामि रहेको टिम विन्नीपेग हक्सले ब्राम्पटन वुल्भ्ससंग प्रतिस्पर्धा गर्दैछ।

खेल शनिवार राति नेपाली समय ११ :४५ बजे सुरु हुनेछ। स्टारस्पोर्ट्सले नेपालमा खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

आजको खेल जित्ने टिमले फाइनलमा भानकुभर नाइट्स संगको भेट पक्का गर्नेछ। भानकुभरले पहिलो क्वालीफायरमा ब्राम्पटनलाई ७७ रनले ( डीएल मेथड ) पराजित गरेको थियो। फाइनल खेल आइतबार राति ११:४५ बजे ओन्टारियोमा खेलिनेछ।

विन्नीपेग हक्सले बिहिबार भएको इलिमीनेटर खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनललाई २ रनले पराजित गर्दै दोश्रो क्वालीफायर खेल्न छनौट भएको थियो। खराब प्रकासको कारण दुर्भाग्यपूर्ण तरिकाले युभराज सिंह कप्तानीको टोरोन्टो डी/एल मेथडमा पराजित भएको थियो।

प्रतियोगिताको दोश्रो चरण सकिंदा अंकतालिकामा चौथो स्थानमा रहँदै विन्नीपेग प्ले-अफको लागि छनौट भएको थियो। त्यस क्रममा उसले ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक जोडेको थियो।

सोमपालले पाउलान् मौका ? 

विन्नीपेगमा रहेका नेपाली अल-राउण्डर सोमपाल कामिले लिग चरणमा एडमोन्टन रोयल्स बिरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए। उक्त खेलमा ब्याटिंगमा अविजित १ रन बनाएका सोमपालले बलिंगमा २ ओभरमा ३३ रन खर्चेर विकेटविहिन भएका थिए।

टोरोन्टो बिरुद्ध इलिमीनेटरमा सोमपालले मौका पाएका थिएनन्। उनको स्थानमा भरुन शहदेभलाई मौका दिईएक थियो जो तल्लो क्रममा ब्याटिंग र अफस्पिन बलिंग गर्ने गर्छन। शहदेवले पनि ३ खेलमा मौका पाउदा कमजोर प्रदर्शन गरिरहेका छन्। शहदेवको सट्टा सोमपालले खेल्ने एकमात्र सम्भावना हो।

टिमका कप्तान रायड  इमरिट आफै तिब्र गति बलर हुन् भने मोहम्मद इरफान र कलिम साना पनि तिब्र गति बलर हुँदा सोमपालले मौका पाउन मुस्किल भएको हो। इमरिट, जेपी डुमि र शैमन अनवर जस्ता ब्याट्सम्यानहरुले पनि बलिङ्ग गर्ने हुँदा सोमपालको सम्भावना न्यून रहेको हो।

टिम 

Winnipeg Hawks (From): Chris Lynn, Shaiman Anwar, Umar Akmal, Jean-Paul Duminy, Sunny Sohal, Hamza Tariq(w), Rayad Emrit(c), Varun Sehdev, Mohammad Irfan, Kaleem Sana, Umair Ghani, Dwayne Smith, Paul van Meekeren, Sompal Kami, Romesh Eranga

Brampton Wolves (From): Lendl Simmons(w), George Munsey, Colin Munro(c), Nitish Kumar, Babar Hayat, Shahid Afridi, Abraash Khan, Wahab Riaz, Ish Sodhi, Junaid Siddiqui, Cecil Pervez, Daren Sammy, Andre Fletcher, Armaan Kapoor, Faisal Jamkhandi, Nawab Singh





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]