CPL इतिहासकै दोश्रो कम योगफलमा गायना समेटिदा सेन्ट लुसिया फाइनलमा

करेबियन प्रिमियर लिग टि-२० ( सिपिल ) अन्तर्गत बुधबार बिहान सम्पन्न दोश्रो सेमीफाइनलमा सेन्ट लुसिया जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै लिगको फाइनलमा स्थान बनाएको छ। सेन्ट लुसिया लिग इतिहासमै पहिलो पटक फाइनल पुग्न सफल भएको हो। यस अघि गएरातिको खेलमा जमैकालाई ९ विकेटले पराजित गरेर ट्रिनबागो तेश्रो पटक फाइनल प्रवेश गरेको थियो। लिग अन्तर्गत अब फाइनल खेलमा बिहिबार सेन्ट लुसिया जुक्सले काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ। ट्रिनबागो लिगमा लगातार ११ खेलमा अपराजित रहेको छ।

ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको गायना ५५ रनमै समेटिन पुगेपछि ५६ रनको लक्ष्य सेन्ट लुसियाले विकेट नगुमाई ४.३ ओभरमै पुरा गर्यो। ओपनर रखिम कर्नवालले १७ बलमा ३ छक्का र २ चौका मद्दतले २१ तथा मार्क डेयाले १० बलमा ३ चौका र १ छक्का मद्दतले १९ रन बनाएर अविजित रहे।

फाइनलमा बिहिबार सेन्ट लुसियाले ट्रिनबागोसंग खेल्नेछ

सिपिएल इतिहासकै दोश्रो कम योगफल 

टस हारेर ब्याटिंग गरको गायना सिपिएल टि-२० इतिहासकै दोश्रो कम योगफलममा समेटिन पुगेको हो। यस अघि सन् २०१३ को पहिलो सिजनमा ड्वेन ब्राभो कप्तानीको ट्रिनिडाड एण्ड टोबागोलाई बार्बेडोस ट्राइडेन्टले ५२ रनमै समेटेको थियो। उक्त खेलमा शाकिब अल हसनले सिपिएल इतिहासकै उत्कृस्ट बलिंग स्पेल ( ४-१-६-६ ) दर्ता गरेका थिए।

पहिलो ओभरमा स्कट कग्लायनले ब्रेन्डन किंग र शिमरन हेटमायारको लगातार २ विकेट लिएपछि सुरु भएको गायनाको विकेट पतन १३.४ ओभरमा इमरान ताहिरले लगातार २ विकेट लिंदा सकिएको थियो। गायना ओपनर चन्द्रपौल हेमराजले २५, निकोलस पुरन र कप्तान क्रिस ग्रिनले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन। ५ जना गायनाका ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

२ विकेट लिएका मार्क डेयाल प्लेयर अफ द म्याच चुनिए

सेन्ट लुसियाको बलिंगमा स्कट कग्लेजिन ( २-०-१२-२ ) , रोस्टन चेज ( ४-०-१५-२ ) , जाहिर खान ( २.४-०-१२-२ ) र मार्क डेयाल ( १-०-२-२ ) सबैले २/२ विकेट तथा जाभेले ग्लेनले १ विकेट ( १-०-८-१ ) लिए। खेलको प्लेयर अफ द म्याच डेयाल चुनिए जसले सर्वाधिक रन बनाएका हेमराजको विकेट लिएका थिए। उनले १३ औं ओभरमा लगातार २ विकेट लिएका थिए।

सिपिएल इतिहासको कम योगफल 

ट्रिनिडाड एण्ड टोबागो – ५२ ( vs बार्बेडोस ,२०१३ ) , गायना अमेजन वारियर्स – ५५ ( vs सेन्ट लुसिया, २०२० ) , बार्बेडोस ट्राइडेन्ट – ५९ ( vs गायना , २०१७ ) , सेन्ट लुसिया – ६९ ( vs सेन्ट किट्स , २०१८ ) , सेन्ट किट्स – ७५ ( vs जमैका , २०१६ )

https://wicketnepal.com/sandeep-wicketless-first-time-wn20/

https://wicketnepal.com/yuvraj-might-play-big-bash-wn20/

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/

https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]