CPL इतिहासकै दोश्रो कम योगफलमा गायना समेटिदा सेन्ट लुसिया फाइनलमा

२०७७ भाद्र २४, बुधबार ०७:००

करेबियन प्रिमियर लिग टि-२० ( सिपिल ) अन्तर्गत बुधबार बिहान सम्पन्न दोश्रो सेमीफाइनलमा सेन्ट लुसिया जुक्सले गायना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै लिगको फाइनलमा स्थान बनाएको छ। सेन्ट लुसिया लिग इतिहासमै पहिलो पटक फाइनल पुग्न सफल भएको हो। यस अघि गएरातिको खेलमा जमैकालाई ९ विकेटले पराजित गरेर ट्रिनबागो तेश्रो पटक फाइनल प्रवेश गरेको थियो। लिग अन्तर्गत अब फाइनल खेलमा बिहिबार सेन्ट लुसिया जुक्सले काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ। ट्रिनबागो लिगमा लगातार ११ खेलमा अपराजित रहेको छ।

ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको गायना ५५ रनमै समेटिन पुगेपछि ५६ रनको लक्ष्य सेन्ट लुसियाले विकेट नगुमाई ४.३ ओभरमै पुरा गर्यो। ओपनर रखिम कर्नवालले १७ बलमा ३ छक्का र २ चौका मद्दतले २१ तथा मार्क डेयाले १० बलमा ३ चौका र १ छक्का मद्दतले १९ रन बनाएर अविजित रहे।

फाइनलमा बिहिबार सेन्ट लुसियाले ट्रिनबागोसंग खेल्नेछ

सिपिएल इतिहासकै दोश्रो कम योगफल 

टस हारेर ब्याटिंग गरको गायना सिपिएल टि-२० इतिहासकै दोश्रो कम योगफलममा समेटिन पुगेको हो। यस अघि सन् २०१३ को पहिलो सिजनमा ड्वेन ब्राभो कप्तानीको ट्रिनिडाड एण्ड टोबागोलाई बार्बेडोस ट्राइडेन्टले ५२ रनमै समेटेको थियो। उक्त खेलमा शाकिब अल हसनले सिपिएल इतिहासकै उत्कृस्ट बलिंग स्पेल ( ४-१-६-६ ) दर्ता गरेका थिए।

पहिलो ओभरमा स्कट कग्लायनले ब्रेन्डन किंग र शिमरन हेटमायारको लगातार २ विकेट लिएपछि सुरु भएको गायनाको विकेट पतन १३.४ ओभरमा इमरान ताहिरले लगातार २ विकेट लिंदा सकिएको थियो। गायना ओपनर चन्द्रपौल हेमराजले २५, निकोलस पुरन र कप्तान क्रिस ग्रिनले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन। ५ जना गायनाका ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

२ विकेट लिएका मार्क डेयाल प्लेयर अफ द म्याच चुनिए

सेन्ट लुसियाको बलिंगमा स्कट कग्लेजिन ( २-०-१२-२ ) , रोस्टन चेज ( ४-०-१५-२ ) , जाहिर खान ( २.४-०-१२-२ ) र मार्क डेयाल ( १-०-२-२ ) सबैले २/२ विकेट तथा जाभेले ग्लेनले १ विकेट ( १-०-८-१ ) लिए। खेलको प्लेयर अफ द म्याच डेयाल चुनिए जसले सर्वाधिक रन बनाएका हेमराजको विकेट लिएका थिए। उनले १३ औं ओभरमा लगातार २ विकेट लिएका थिए।

सिपिएल इतिहासको कम योगफल 

ट्रिनिडाड एण्ड टोबागो – ५२ ( vs बार्बेडोस ,२०१३ ) , गायना अमेजन वारियर्स – ५५ ( vs सेन्ट लुसिया, २०२० ) , बार्बेडोस ट्राइडेन्ट – ५९ ( vs गायना , २०१७ ) , सेन्ट लुसिया – ६९ ( vs सेन्ट किट्स , २०१८ ) , सेन्ट किट्स – ७५ ( vs जमैका , २०१६ )

https://wicketnepal.com/sandeep-wicketless-first-time-wn20/

https://wicketnepal.com/yuvraj-might-play-big-bash-wn20/

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/

https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy