नेपालको उत्कृस्ट पुनरागमन, युएई १९१ रनमै सिमित

युएईको नेपाल भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले १९२ रनको लक्ष्य पाएको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिंग रोजेको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन मात्र बनायो।

युएईको लागि ओपनर मुहम्मद वासिमले सर्व्दिक ५० रन बनाए। अलिशान शरफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमिदले २४ तथा कप्तान सिपि रिजवानले २२ रन बनाए।

युएई ओपनर मुहम्मद वासिम र भृत्या अरविन्दले ७२ रनको ओपनिंग साझेदारी गरे। बाह्रौं ओभारमा दिपेन्द्र ऐरीले अरविन्दलाई क्याच आउट पार्दै नेपाललाई खेलमा फर्काए। त्यसपछि युएईले लगातार विकेट गुमायो। पन्ध्रौँ ओभरमा अर्धशतक पुरा गरेलगत्तै वासिम ललित राजबंशीबाट क्याच आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका रोहन मुस्तफा ४ रन बनाएर उन्नाईसौं ओभरमा सोमपाल कामिबाट बोल्ड भए। युएईलाई अझ दबाब बनाउन लेग स्पिनर कुशल भुर्तेलले युएई कप्तान सिपि रिजवानलाई रोहित पौडेलबाट क्याच आउट पारे। कुशलको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट थियो।

७२/० बाट ११२/४ को अवस्थामा पुगेको युएईलाई अलिशान शरफु र डेब्यु गरेका विष्णु सुकुमरनले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ४३ रन जोडे। चौतिसौं ओभरमा सुकुमरनलाई करन केसीले विकेटपछाडी क्याच आउट पारे।  त्यसपछि भने नेपालले लगातार विकेट लिंदै युएईलाई दवावमा राख्यो। फलस्वरुप ४३.२ ओभरमा युएई अलआउट भयो।

नेपालको बलिंगमा सोमपाल कामि र ललित राजवंशीले ३/३ विकेट लिए। करन केसी, गुल्सन झा, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]