शानदार १ हाते क्याच लिंदै इपिएलमा अर्को दर्शकले पनि जिते ५० हजार

  • विकेटनेपाल, मङ्सिर-२७ , शुक्रबार 

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत चितवन टाइगर्स र बिराटनगर वारियर्स बीचको खेलमा १ हातले क्याच गर्दै अर्को दर्शकले पनि ५० हजार रुपैयाँ जितेका छन्।

यस अघि पनि इपिएल टि-२० को आइतबार भएको भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बीचको खेलमा  दर्शक सरुन भट्टले रिचर्ड लेभीले हिर्काएको छक्कालाई १ हातले क्याच समात्दै ५० हजार जितेका थिए। लेभीले तिब्र गति बलर कृष्ण कार्कीले गरेको इनिंगको तेश्रो ओभरको तेश्रो बललाई लंग-अनको माथिबाट ठुलो छक्का प्रहार गर्दा उनले क्याच समातेका थिए।

१ हाते क्याचलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले प्रायोजन गरेको छ।

को हुन् ५० हजार पाउने अर्को भाग्यमानी 

दोश्रो एक हाते क्याच लिने दर्शकको नाम दर्शन ओली रहेका छन्।

चोभार इन्डमा बसेर खेल हेरेका ओलीले चितवन टाइगर्सको इनिंगको अन्तिम ओभरमा करन केसीको बलमा इंग्ल्याण्ड खेलाडी जर्ज स्कटले प्रहार गरेको लामो छक्कालाई १ हातले शानदार क्याच गरेका थिए।संयोगले यस अघि सरुन भट्टले पनि सोहि क्षेत्रमा आएको बललाई क्याच गरेका थिए।

१ हातले आफ्नो पछाडी तिर लम्किदै गरेको क्याचलाई टिभी कमेन्टेटरहरुले प्रसंशा गरेका थिए भने क्याच पछि ओलीले उफ्रदै खुसि मनाएका थिए।

विकेटनेपालले एक हाते क्याच लिंदा ५० हजार पुरस्कार पाएका दर्शक सरुन भट्टसंग कुराकानी गरेको थियो जसमा उनले आफु साथीहरुको लहैलहैमा खेल हेर्न गएको बताएका थिए ( पढ्नुस अन्तर्वार्ता ) । गोरखा घर भएका काठमाडौँ अस्कल कलेजमा आईटि बिषय लिएर ब्याचलर दोश्रो बर्षमा पढीरहेका सरुन भट्ट  साथीहरुले क्रिकेट हेर्न जाम भने पछि क्रिकेट मैदान किर्तिपुर पुगेका थिए जहाँ उनको भाग्य खुलेको थियो।

विदेशमा सामान्य भए पनि नेपालमा दर्शकलाई यस्तो पुरस्कार घोषणा गरिएको यो पहिलो पटक हो।

यस अघि १ हातले क्याच लिएका सरुन भट्ट 

Photo Credit – EPL

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]