दोश्रो टेस्टमा अस्ट्रेलियाको जित, सिरिज बराबरी

  • विकेटनेपाल, पौष -३ मंगलबार

भारतसँग जारि ४ टेस्ट खेलको सिरिज अन्तर्गतको दोश्रो खेलमा अस्ट्रेलिया बिजयी भएको छ। अन्तिम दिनसम्म पुगेको खेलमा अस्ट्रेलियाले १४६ रनको जित हात पारेको हो। अस्ट्रेलियाको जितसँगै सिरिज १-१ को बराबरीमा रहेको छ।

पहिलो पारि : फिंच र ह्यारिसले दिलाए उत्कृस्ट सुरुवात

पर्थमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टिमले पहिलो पारीमा ३२६ रनको योगफल बनाउँदै सबै विकेट गुमाएको थियो। उसका लागि ओपनर मार्कस ह्यारिस र एरोन फिंचले शतकीय साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाएका थिए। पहिलो विकेटको लागि ११२ रनको साझेदारी गर्नेक्रममा फिंचले ५० रन तथा ह्यारिसले ७० रनको पारि खेले।

त्यस्तै ट्रेविस हेडले ५८ रन बनाउँदा शन मार्सले ४५ रन तथा कप्तान टिम पेनले ३८ रनको महत्त्वपूर्ण पारि खेलेका थिए।

भारतका लागि इशान्त शर्माले सर्बाधिक ४ विकेट लिनेक्रममा ४१ रन खर्चिए भने जस्प्रित बुम्राह, उमेश यादव र हनुमान विहारीले सम्म २/२ विकेट हात पारे।

दोश्रो पारि : कोहलीको शतकका बाबजुत अस्ट्रेलियाको अग्रता

अस्ट्रेलियाले सबै विकेट गुमाएपछी ब्याटिंग गर्न उत्रिएको भारतले खराब ब्याटिंग गर्दै मात्र २८३ रनमा समेटिंदा अस्ट्रेलियाले ४३ रनको अग्रता लिएको थियो। भारतले सुरुवाती २ विकेट मात्र ८ रनको स्कोरमा गुमाएको थियो। उसका मुरली विजय शुन्य तथा लोकेश राहुल ६ रनमा आउट भएका थिए।

त्यसपछि चेतेश्वर पुजाराले १०३ बलको सामना गर्दै २३ रन बनाउदा विराट कोहलीसँग ७४ रनको साझेदारी गरे। त्यस्तै अजिंक्या रहाने र कोहलीले ९१ रनको साझेदारी गरेका थिए। रहानेले ५१ रन बनाउँदा कोहलीले आफ्नो करियरको २५ औ टेस्ट शतक सहित १२३ रनको पारि खेल्दै आउट भएका थिए। ऋषब पन्तले ३६ रन र हनुमान विहारीले २० रन बनाएका थिए।

अस्ट्रेलियाका लागि नथन लायनले पारीमा १३ औं पल्ट ५ विकेट लिनेक्रममा ६७ रन खर्चेर भारतको ब्याटिंग धरासायी बनाईदिए। त्यस्तै स्टार्क र हेजलवूडले २/२ विकेट लिँदा प्याट कमिंसको नाममा १ विकेट रह्यो।

तेस्रो पारि: मोहम्मद शामीको उत्कृस्ट बलिंगका बाबजुत अस्ट्रेलिया बलियो

४३ रनको अग्रता लिएर आफ्नो दोश्रो पारीमा ब्याटिंग गर्न उत्रिएको अस्ट्रेलियाले २४३ रनमा सबै विकेट गुमाउंदै भारतलाई जितको लागि २८७ रनको लक्ष्य पस्कियो।

उसका लागि उस्मान ख्वाजाले ७२ रन बनाए भने कप्तान टिम पेनले ३७ रन बनाएका थिए। पहिलो विकेटको लागि दोश्रो पारीमा समेत उत्कृस्ट सुरुवात दिनेक्रममा फिंच (२५) र ह्यारिस (२०) ले ५९ रनको साझेदारी गरे। त्यस्तै २०७ रनको योगफलमा ९ विकेट गुमेको अस्ट्रेलियाका लागि अन्तिम विकेटको रुपमा स्टार्क (१४) र हेजलवूड (१७*) ले ३६ रनको साझेदारी गरेका थिए।

भारतका लागि आफ्नो टेस्ट करियरकै उत्कृस्ट बलिंग गर्नेक्रममा मोहम्मद शामीले ६ विकेट लिन मात्र ५६ रन खर्चेका थिए। त्यस्तै जस्प्रित बुम्राहले ३ विकेट लिन ३९ रन खर्चिंदा १ विकेट इशान्त शर्माको नाममा रह्यो।

चौथो पारि: भारतको खराब ब्याटिंग, अस्ट्रेलिया बिजयी

अस्ट्रेलियाले चौथो पारीमा जितको लागि दिएको २८७ रनको लक्ष्य पछ्याएको भारत आफ्नो दोश्रो पारीमा मात्र १४० रनमा समेटिंदा १४६ रनको फराकिलो अन्तरले पराजित भयो।

उसका लागि अजिंक्या रहाने र ऋषब पन्तले समान ३०/३० रन तथा हनुमान विहारीले २८ रन बनाएपनि लक्ष्य धेरै टाढा रह्यो। त्यस्तै मुरली विजयले २० तथा कोहलीले १७ रन बनाएका थिए।

अस्ट्रेलियाको जितमा म्यान अफ द म्याच समेत घोषित नथन लायनले ३ विकेट लिन ३९ रन खर्चिंदा मिचेल स्टार्कले पनि समान ३ विकेटको लागि ४६ रन खर्चिए। हेजलवूड र कमिंसले समान २/२ विकेट लिए।

( फोटोअरु आईसीसी )

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy