उमेश यादबको उत्कृस्ट बलिङ्ग , सिरिज सहजै भारतको पोल्टामा

  • विकेटनेपाल, असोज २८ 

लगातार दोश्रो टेस्टमा विन्डिजलाई भारतले ठुलो अन्तरले पराजित गर्दै २ टेस्टको शृंखला २-० ले भारतले सहजै जितेको छ।

पहिलो टेस्टमा १ इनिंग र २७२ रनले पराजित भएको विन्डिज दोश्रो टेस्टमा १० विकेटले पराजित भएको हो।

टेस्टमा टस जितेर पहिले ब्याटिंग गरेको विन्डिजले ३११ रन बनाएको थियो। भारतले पहिलो इनिंगमा ३६७ रन बनायो र पहिलो इनिंगमा ५६ रनको अग्रता हाँसिल गर्यो।

दोश्रो इनिंगमा वेस्ट इन्डिजले खराब ब्याटिंग गर्दै १२७ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि भारतले मात्र ७१ रनको लक्ष्य पायो। उक्त लक्ष्य भारतले विकेट नगुमाई पुरा गर्यो।

 

खेलमा उत्कृस्ट बलिङ्ग गर्दै पहिलो इनिंगमा ६ तथा दोश्रो इनिंगमा ४ विकेट गरि कुल १० विकेट लिएका उमेश यादब प्लेयर अफ द म्याच घोषित भए। यस्तै पहिलो टेस्टमा १३४ रन तथा दोश्रो टेस्टमा ७७ र अविजित ३३ रन बनाएका पृथ्वी शा प्लेयर अफ द सिरिज घोषित भए।

खेलको समरी :-

वेस्ट इन्डिज पहिलो इनिंग :- वेस्ट इन्डिज – ३११ ( रोस्टोन चेज – १०६ , उमेश यादब –  ६ विकेट )
भारत पहिलो इनिंग :- ३६७ ( रिशभ पन्त – ९२, अजिंके रहाने – ८०, पृथ्वी शा – ७०, जेसन होल्डर – ५ विकेट )
वेस्ट इन्डिज दोश्रो इनिंग :- १२७ ( सुनिल एम्ब्रिस – ३८, उमेश यादब – ४ विकेट, रभिन्द्र जडेजा – ३ विकेट
भारत दोश्रो इनिंग :- ७५/० ( पृथ्वी शा – ३३ , लोकेश राहुल – ३३ ) , भारत १० विकेटले बिजयी

टेस्ट सिरिज पछि दुई टिमले ५ वटा एकदिवसीय र ३ वटा टि-२० को सिरिज खेल्ने तालिका रहेको छ। पहिलो एकदिवसीय २१ अक्टोबर देखि सुरुहुनेछ।

( फोटोहरु – आईसीसी )





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]