उमेश यादबको उत्कृस्ट बलिङ्ग , सिरिज सहजै भारतको पोल्टामा

२०७५ आश्विन २८, आईतवार २०:२५

  • विकेटनेपाल, असोज २८ 

लगातार दोश्रो टेस्टमा विन्डिजलाई भारतले ठुलो अन्तरले पराजित गर्दै २ टेस्टको शृंखला २-० ले भारतले सहजै जितेको छ।

पहिलो टेस्टमा १ इनिंग र २७२ रनले पराजित भएको विन्डिज दोश्रो टेस्टमा १० विकेटले पराजित भएको हो।

टेस्टमा टस जितेर पहिले ब्याटिंग गरेको विन्डिजले ३११ रन बनाएको थियो। भारतले पहिलो इनिंगमा ३६७ रन बनायो र पहिलो इनिंगमा ५६ रनको अग्रता हाँसिल गर्यो।

दोश्रो इनिंगमा वेस्ट इन्डिजले खराब ब्याटिंग गर्दै १२७ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि भारतले मात्र ७१ रनको लक्ष्य पायो। उक्त लक्ष्य भारतले विकेट नगुमाई पुरा गर्यो।

 

खेलमा उत्कृस्ट बलिङ्ग गर्दै पहिलो इनिंगमा ६ तथा दोश्रो इनिंगमा ४ विकेट गरि कुल १० विकेट लिएका उमेश यादब प्लेयर अफ द म्याच घोषित भए। यस्तै पहिलो टेस्टमा १३४ रन तथा दोश्रो टेस्टमा ७७ र अविजित ३३ रन बनाएका पृथ्वी शा प्लेयर अफ द सिरिज घोषित भए।

खेलको समरी :-

वेस्ट इन्डिज पहिलो इनिंग :- वेस्ट इन्डिज – ३११ ( रोस्टोन चेज – १०६ , उमेश यादब –  ६ विकेट )
भारत पहिलो इनिंग :- ३६७ ( रिशभ पन्त – ९२, अजिंके रहाने – ८०, पृथ्वी शा – ७०, जेसन होल्डर – ५ विकेट )
वेस्ट इन्डिज दोश्रो इनिंग :- १२७ ( सुनिल एम्ब्रिस – ३८, उमेश यादब – ४ विकेट, रभिन्द्र जडेजा – ३ विकेट
भारत दोश्रो इनिंग :- ७५/० ( पृथ्वी शा – ३३ , लोकेश राहुल – ३३ ) , भारत १० विकेटले बिजयी

टेस्ट सिरिज पछि दुई टिमले ५ वटा एकदिवसीय र ३ वटा टि-२० को सिरिज खेल्ने तालिका रहेको छ। पहिलो एकदिवसीय २१ अक्टोबर देखि सुरुहुनेछ।

( फोटोहरु – आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy