३ खेलाडी जसले नेपालको बिशाल जितमा शानदार प्रदर्शन गरे

  • विकेटनेपाल, भदौ ८ – शुक्रबार

मलेसियामा आयोजना हुने एसिया कप छनौटको तयारिका लागि श्रीलंकामा रहेको नेपाली टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा फराकिलो जित दर्ता गर्यो। पहिलो खेलमा आर्मी क्रिकेट टिमसँग ६७ रनको जित निकालेको नेपालले दोश्रो खेलमा ब्लुमफिल्ड क्रिकेट क्लबसँग डकवर्थ लुईस नियमका आधारमा १७६ रनको फराकिलो जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रनको बिशाल योगफल तयार पार्यो भने बिपक्षी टिमलाई खराब प्रकाशले खेल समाप्त हुनुअघिसम्म ३८ ओभरमा ९ विकेट निकाल्दै १३४ रनमा रोक्यो।

यी हुन् नेपालको दोश्रो अभ्यास खेलका जितका ३ नायकहरु :

१) सागर पुन : गत बर्ष बिश्व क्रिकेट लिग च्याम्पियनसिपको युएईसंगको खेल पछि खराब फर्मको कारण टिमबाट निकालिएका सागर पुनले मलेसियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्दै नेपाली टिममा पुनः स्थान बनाए। नेपाली टिम युरोप भ्रमणमा जाँदै गर्दा सागर पुन पनि मलेसियन प्रिमियर लिगमा ब्यस्त थिए। उनले मलेसियामा २ शतक र ५० भन्दा माथिको औसतमा ४५२ रन बनाएका थिए र प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत घोषित भएका थिए।

Sagar Pun scored half century
Sagar Pun scored half century

सोहि प्रदर्शनलाई निरन्तरता दिनेक्रममा पहिलो अभ्यास खेलमा अन्तिम एघारमा नरहेका पुनले दोश्रो खेलमा ८४/४ को खराब अवस्थाबाट दिपेन्द्र ऐरीसँग महत्त्वपूर्ण १८५ रनको साझेदारी सहित बिशाल योगफलसम्म पुर्याए। पुनले ९२ रनको पारि खेल्नेक्रममा ८३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै बलिंगतर्फ पनि लगातार २ बलमा २ विकेट सहित ८ ओभर बलिंग गरेर ३ विकेट लिन १६ रन खर्चिनेक्रममा ब्लुमफिल्डका लागि सर्वाधिक ३८ रन बनाएका सनोज धर्शिकालाई आउट गरे।

२) ललित भण्डारी : नेदरल्यान्ड्स बिरुद्दको दोश्रो एकदिवसीय अन्तर्रास्ट्रिय खेलमा डेब्यु गर्दै २ विकेट लिएर जितमा महत्त्वपूर्ण योगदान दिएका देब्रेहाते तिब्र गतिका बलर ललित भण्डारीले नेपालको लागि आजको जितमा समेत महत्त्वपूर्ण योगदान दिएका छन्।

Lalit Singh Bhandari
Lalit Singh Bhandari ( File Photo )

पहिले ब्याटिंग गर्दै ३२३ रनको बिशाल योगफल तयार पारेको नेपालका लागि जित निकाल्न बिपक्षी टिमका सुरुवाती खेलाडीलाई छिट्टै आउट गर्नुपर्ने थियो। उक्त कार्य गर्नेक्रममा भण्डारीले २ विकेट लिन ६ ओभरमा ३१ रन खर्चे। उनले मात्र ३ रनको योगफलमा रुविन पिएरेसलाई एलबिडब्ल्यु धरापमा पार्दै नेपाललाई उत्कृस्ट सुरूवात दिलाए। बिपक्षी टिम ३ विकेट गुमाएर ६१ रनको अवस्थाबाट चौथो विकेटको लागि ३५ रनको साझदारी गर्दै टिमलाई बचाउने कोसिस गरेका कसुन एकनायकेलाई १६ रनको योगफलमा पारस खड्काको हाटबाट क्याच गराउँदै भण्डारीले आफ्नो दोश्रो विकेट लिएका थिए।

३) दिपेन्द्र ऐरी : राष्ट्रिय टिममा डेब्यु पछि लगातार राम्रो ब्याटिंग गरेका दिपेन्द्र ऐरि पछिलो समय खास लयमा थिएनन्। केहि समय यता खराब फर्म देखाएपनि टिमको अवस्था अत्यन्त नाजुक रहेको अवस्थामा मेरुदण्ड जस्तै बनेर उठ्ने स्वाभाव दिपेन्द्रले देखाएका छन्। उनले त्यो क्रमलाई आज पुनः सागर पुनको साझेदारी तथा आफ्नो शतकबाट प्रस्ट पारेका छन्।

Dipendra Airee Scored Century
Dipendra Airee Scored Century

आज भएको खेलमा ६९ रनको स्कोरमा तेस्रो विकेटको रुपमा सुबास खकुरेललाई गुमाएपछी आएका उनले चौथो विकेटको लागि रोहित पौडेलसँग १५ रनको साझेदारी गरे। त्यसपछि सागर पुनसँग पाचौं विकेटको लागि खेल नै नेपालको पक्षमा पार्ने १८५ रनको साझेदारी गरे।

९६ बलको सामना गर्दै १२१ रन बनाएका ऐरीले छैठौ विकेटका लागि करण केसीसँग पनि ३९ रनको आक्रामक साझेदारी गरे, जसको मद्दतले टिमको योगफल ३०० भन्दा माथि लागेको थियो। आफ्नो पारिमा ऐरीले ९ चौका र ५ छक्का प्रहार गरे। करण केसीले पनि १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा २६ रनको पारि खेले।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy